जेलबाटै हेलिकप्टर चढेर कैदी फरार

क्यानाडाको एक कारागारबाट तीन कैदी हेलिकप्टर चढेर भागेका छन् । जेलभित्रै हेलिकप्टर मगाएर तिन कैदी भाग्न सफल भएका हुन् ।

क्यानाडाको क्युबेक प्रान्तमा रहेको ओरसेनबिले कारागारमा शुक्रबार साँझ ७ बजे तिरको समयमा हेलिकोप्टरमा चढेर ति कैदी भाग्न सफल भएको अधिकारीहरुले बताएका छन् । फरार कैदीहरुको ब्यापक खोजी भइरहेको बताइएको छ ।

क्यानाडामा गत बर्ष पनि दुई कैदी हेलिकप्टर चढेर भाग्न सफल भएका थिए । तर ति कैदीको पिछा गरेर प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएको थियो ।

यसपटक साँझ पख अँध्यारो समयमा भएकाले फरार कैदीबारे स्ष्ट नभइसकेको बताइएको छ । क्यानडा सरकारले फरार कैदीबारे जानकारी दिन जनतासँग आग्रह गरेको छ ।