जर्मनीमा खेलाडीहरुलाई भव्य स्वागत

विश्वकप फुटबल च्याम्पीयन जर्मनीका खेलाडीहरुलाई बर्लिनका सडकमा लाखौ फुटवल समर्थकहरुले भव्य स्वागत गरेका छन|सोमवार ब्राजिलबाट लुफ्थान्सा एयरवेजको बोइङ सेभेन फोर सेभेनमा स्वदेशमा फर्केका खेलाडीहरुलाई स्वागत गर्न विमानस्थलमा हजारौ समर्थक पुगेका थिए|

खेलाडीहरु छत नभएको खुल्ला बसमा सवार थिए|ब्राण्डेनबर्ग गेटमा विशाल स्टेज बनाईएको थियो जहाँ  विश्व विजेता खेलाडीहरुले विश्वकपको ट्रफी प्रदर्शन गरेका थिए | लाखौ समर्थकहरुको सहभागिताले बर्लिन सहरभरी चाडपर्वको जस्तो माहौल बनेको थियो| उनीहरु सगै प्रशिक्षक वाकिम लोउको पनि भव्य स्वागत गरिएको थियो |

जर्मनीको लागि यो चौथो उपाधी सन् १९९० मा भएको पूर्वी जर्मनी र पश्चिम जर्मनी एकीकरण भएपछिको भने पहिलो विश्वकपको उपाधि हो|त्यसैले यो उपाधीलई बर्लिनको पर्खाल भत्काइए पछिको पहिलो ठूलो उपलब्धि मानिएको छ|यो जित सगै जर्मनीमा एकताको ताजा सन्देश फैलिएको बताईएको छ|(एजेन्सी )g 5

??????????????????????????????

g2

g1

g4