एमाले अध्यक्षमा ओली विजयी

k p oliएमाले अध्यक्षमा केपी ओली विजयी भएका छन् । पदाधिकारीको सबै मतगणना सकिएको छ। आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओलीले यसपटक दोस्रो प्रयासमा पूर्व महासचिव माधवकुमार नेपाललाइ ४९ मतले जितेका हुन्
त्यस्तै, महासचिवमा ईश्वर पोखरेल झिनो मत अन्तरले पुनः विजयी भएका छन् । पराजय स्वीकार गर्दै माधवकुमार नेपालले ओलीलाई शुभकामना दिएका छन् ।
उपाध्यक्षमा भीम रावल, वामदेव गौतम, विद्या भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य विजयी भएका छन् ।
उपमहासचिवमा घनश्याम र विष्णु पौडेल विजयी ।
सचिवमा गोकर्ण विष्ट,प्रदीप ज्ञवाली,योगेश भट्टराई,पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य विजयी भए ।
पदाधिकारीमा ओली र माधवकुमार नेपालबाट ७-७ जना निर्वाचित भएका छन् ।

एमाले पदाधिकारीले ल्याएको अन्तिम मत परिणाम यस्तो छ:

अध्यक्ष
केपी ओली १००२
माधव नेपाल ९६३

उपाध्यक्ष
भीम रावल १०८२
युवराज ज्ञवाली १०२६
अष्टलक्ष्मी शाक्य १००६
बामदेव गौतम १०७७
बिद्या भण्डारी १०९७
राजेन्द्र पाण्डे ९९७
लालबाबु पण्डित ९७३
प्रदीप नेपाल ९६६
किरण गुरुङ ९६३
धर्मनाथ प्रसाद शाह ९००

महासचिव
ईश्वर पोखरेल-१०५१
सुरेन्द्र पाण्डे १०३२

उपमहासचिव
घनश्याम भुसाल १०४१
विष्णु पौडेल-१०४९
रघुजी पन्त- ९३२
शंकर पोखरेल ९९८

सचिव
योगेश भट्टराई १०३८
गोकर्ण बिष्ट १२०७
भीम आचार्य ९८१
प्रदीप ज्ञवाली ११०६
पृथ्वी सुब्बा गुरुङ ९९६
विष्णु रिमाल ९६८
रघुबीर महासेठ ८९९
केशवलाल श्रेष्ठ ७३९
बेदुराम भुसाल ९५३
पर्शुराम मेघी गुरुङ ९७७