जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

jp-guptaसर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ ।

सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो ।

पूर्वसञ्चारमन्त्री गुप्ताले पदमा रहँदा ८४ लाख रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी भ्रष्टाचार गरेको फैसला २०६८ फागुन १० गते सर्वाेच्चले गरेको थियो ।

अदालतको फैसला त्यति नै रकम जरिवाना र डेढ वर्ष कैद फैसला स्वीकार गर्दै कारागार गएका गुप्ताले आफूलाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्चको फैसला पुनरावलोकनका लागि २०६९ वैशाख ८ गते निवेदन दर्ता गराएका थिए ।