जन सम्पर्क समिति युरोपको दोश्रो अधिबेशन नोभेम्बरमा

जन सम्पर्क समिती युरोपको दोश्रो अधिबेशन आगामी नोभेम्बरको २९ र ३० स्पेनको बार्षिलोनामा हुने भएको छ| नेपाली काग्रेसका नेता ड़ा.प्रकाश शरण महतको उपस्थितिमा मंगलवार नेदरल्याण्डमा सम्पन्न जन सम्पर्क समिती युरोपको चौथो भेलाले आफ्नो ९ बुदे घोषणा पत्र जारी गर्दै दोश्रो अधिबेशनको घोषणा गरेको हो|

जन सम्पर्क समितिको सांगठानिक सुदृढिकरणको शिलशिलामा मंगलवार युरोप आएका महतले भेलामा सहभागी अधिकांश बक्ताहरुको सुझाबलाई मनन गर्दै  गैर आवासीय नेपालीहरुलाई नेपालको आर्थिक बिकासमा होमिन आग्रह गरेका थिए| भेलामा अधिकांश बक्ताहरुले जन सम्पर्क समितिको संस्थागत बिकासको लागी क्षेत्रीय स्तरमा जन सम्पर्क समितिको अवधारणालाइ लिपिवद्व गराउन केन्द्रिय समिती मार्फत प्रयत्न गनुपर्ने बताएका थिए|उनीहरुले नेपालमा राजनैतिक स्थिरता कायम भए भौतिक रुपले देश बिकासका लागी योगदान दिने उल्लेख गर्दै एक पटकको नेपाली सधैको लागी नेपाली भन्ने गैर आवासीय नेपालीको मागलाई सम्बोधन गर्न समेत आग्रह गरेका थिए|jana sam

भेलामा जनसम्पर्क समिती युरोपका अध्यक्ष दिल गुरुङ,महामन्त्री गंगाधर गौतम,एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ,एनआरएन स्पेनका अध्यक्ष एकराज गीरी  लगायत युरोपका बिभिन्न देशका जनसम्पर्क समितिका सदस्य उपस्थित थिए|

भेलामा जन सम्पर्क समिती युरोपको अधिबेशन घोषणा सगै जन सम्पर्क समिती र जन सम्पर्क समिती युरोप बीच केहि समय देखि चल्दै आएको आपसी बिबाद तत्कालका लागी मत्थर भएको छ|