अमेरिकाको जनसम्पर्क समितिमा फेरी विवाद उल्झियो

नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको जनसम्पर्क समिती अमेरिकामा फेरी बिबाद चर्किएको छ । समयमै निर्बाचन गरेर नयां कार्यसमितीको चयन गर्न बनाइएको समितीले समयमै निर्बाचन गर्न नसकेको भन्दै समितीका सल्लाहाकार तथा सदस्यहरुले राजीनामा दिए पछि बिबाद सुरु भएको हो । सन् २००४ सालमा नेपाली कांग्रेसका महासमिती सदस्य आनन्द बिष्टको अध्यक्षतामा स्थापना भएको समितीको अमेरिकाको १६ वटा राज्यमा शाखा बिस्तार भइसकेको भए पनि नेतृत्वमा भने सदैव बिबाद आइरहेको छ ।
usa janasamparkaजनसम्पर्क समिती अमेरिकामा लामो समय देखी बिबाद भए पछि बिबादलाई अन्त्य गरेर नेतृत्व चयन गर्न बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्रीको नेतृत्वमा केन्द्रिय समितीको चयन भएको थियो । क्षेत्रीको नेतृत्वमा पनि सहमती हुन नसकेपछि नेपाली कांग्रेसको केन्द्रबाट नै बिष्णु सुवेदीको संयोजकत्वमा अधिवेशन आयोक समितीको चयन भएको थियो । सुवेदीको संयोजकत्वमा बनेको समितीलाई दिइएको समयमा अधिवेशन गर्न नसेको भन्दै समितीका ५ जना सदस्यले यस अघी नै राजिनामा दिएका थिए भने बुधबार १० जना सल्लाहकारहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिने सल्लाहकारहरुमा जनसम्पर्क समिती अमेरिकाका संस्थापक अध्यक्ष तथा महासमिती सदस्य आनन्द बिष्ट, महासमिती सदस्य बेद खरेल, महाधिवेशन प्रतिनिधी बिनोद मोक्तान र धर्मराज श्रेष्ठ, निर्बतमान अध्यक्ष खगेन्द्र क्षेत्री, भोजराज कंडेल, पदम रावल, सीता कोइराला, बन्धु प्रसाई र डाक्टर बिनोद शाह रहेका छन् ।
नेपाली कांग्रेसका सभापती शुसील कोइरालालाई सम्बोधन गरेर लेखीइएको राजिनामा पत्रमा सल्लाहकारहरुले बिष्णु सुवेदीको संयोजकत्वमा बनेको समितीले तोकिएको समयमा अधिवेशन गर्न नसकेको र अधिवेशन गर्नु भन्दा पनि कांग्रेस कार्यकताहरु बिच झनै बिबाद ल्याउने कार्य गरेकोले आफुहरुले सामुहिक राजीनामा गरेको बताएका छन् । राजीनामा पत्रमा संयोजक सुवेदीले आफुहरु संग कुनै सल्लाह पनि नगरेको र बिगतमा खगेन्द्र क्षेत्रीको संयोजकत्वमा एकताको लागि गरिएको प्रयास पनि भत्काउन खोजेकोले सबैलाई समेट्न सक्ने नयां नेतृत्व बनाएर सहमती गर्नका लागि आफुहरुले सल्लाहकारबाट राजीनामा दिएको जनाएका छन् ।
राजीनामा पछि जनसम्पर्क समितीका संस्थापक अध्यक्ष समेत रहनुभएका आनन्द बिष्टले आफुहरुले समितीको सल्लाहकार पदबाट मात्र राजीनामा दिएको तर नेपाली कांग्रेसलाई आसन्न संबिधान सभाको निर्बाचनमा बिजयी बनाउनका लागि सकृय भएर भुमिका खेल्ने बताउनुभएको छ । बिष्टका अनुसार संयोजक सुवेदीको नेतृत्वलाई अस्विकार गर्दै यस अघी ५ जना केन्द्रिय सदस्यले समेत राजीनामा दिएका छन् भने १६ राज्य मध्ये ११ राज्यले सुवेदीको नेतृत्वलाई असहमती गरेका छन् । सल्लाहकारहरुको राजीनामा पछि समितीका संयोजक बिष्णु सुवेदीले आफ्नो नेतृत्वको समिती फेब्रअरी भित्र नै च्याप्टरहरुको निर्बाचन गर्ने अभियानमा रहेको र आफुले सबैलाई समेटेर अगाडि बढिरहेको बताउनुभयो । संयोजक सुवेदीले निर्बाचन नजिक आइरहेको र आफुहरुले सहमती कायम गर्न खोजीरहेको बेलामा सल्लाहाकारहरुले राजीनामा गर्नु ठुलो असहयोग भएको बताउनुभएको छ । यसअघी गत जुलाईको पहिलो साता अमेरिकाको भ्रमणमा रहेको बेला न्युयोर्कमा भएको एक कार्यक्रममा कांग्रेस सभापती शुसील कोइरालाले पनि संयोजक सुवेदीको नेतृत्वलाई ३ महिना भित्र नै अधिवेशन गर्न निर्देशन भएका थिए ।