जनसम्पर्क समिति युरोप अधिबेशनको तयारीमा |

बेल्जियमjana sam,    युरोप महादेशमा छरिएर रहेका नेपाली काग्रेस सदस्यहरुलाई संगठित तथा एकीकृत गर्ने उद्वेश्यले गठित जनसम्पर्क समिति युरोप दोश्रो अधिबेशन तर्फ केन्द्रित रहेको छ| नेदरल्याण्डमा सम्पन्न समितिको चौथो भेलाले विभिन्न बिषयहरुमा सहमति जुटाए लगत्तै समिति अधिबेशन तर्फ केन्द्रित रहेको हो|भेलामा नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री डा.प्रकाश शरण महतले प्रत्येक महादेशमा महादेशीय संगठन निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए|महतले नेपाली काग्रेस अन्य महादेशमा महादेशीय संगठन निर्माण गर्ने बिषयमा सकारात्मक रहेको जनाउदै पार्टी बिधानमा समेत उल्लेख गरीने जानकारी गराएका थिए|

नेता महतकै उपस्थितिमा जनसम्पर्क समिति युरोपले दोश्रो अधिबेशन आगामी नोभेम्बर २९/३० स्पेनमा गर्ने निर्णय गरीसकेको छ|भेलाका क्रममा महाधिबेशनलाई भव्य रुपमा सम्पन्न गराउनको लागी आवश्यक समितिहरु निर्माण गरीसकेको छ|उक्त अधिबेशनलाई अझै ब्यबस्थित गर्नको लागी ब्यबस्थापन लगायत विभिन्न थप उपसमितिहरु गठन गर्न समिति छिटै नै बैठकको आयोजना गर्ने पक्षमा रहेको छ |

जन सम्पर्क समितिलाई अझै शसक्त र प्रभावकारी बनाउनको लागी जन सम्पर्क समिति युरोप परिवार ,जनसम्पर्क समिति युरोप नि-वर्तमान समिति, जनसम्पर्क समितिका राष्ट्रिय अध्यक्षहरु तथा पदाधिकारीहरु,जनसम्पर्क समितिका नि-वर्तमान तथा पूर्व अध्यक्षहरु, नेपाली काग्रेसको महाधिबेशनमा प्रतिनिधि भै सकेका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु,नेपालमा रहदा नेपाली काग्रेस,काग्रेसको भात्रृ संगठन तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य लगायत नेपाली काग्रेसमा बिशेष योगदान पुर्याएका व्यक्तिहरुको उपस्थितिमा अगाडी बढ्ने योजना रहेको जन सम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले जानकारी गराएका छन्|