जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङद्वारा जारी प्रेस बिज्ञप्ति |

jana samजन सम्पर्क समिति युरोपमा विगत केहि वर्षदेखि कायम रहेको आपसी वाद विवाद र मत मतान्तरका कारण युरोपमा काँग्रेसको अभियानमा पुग्न गएको ठूलो अवरोधको केहि समय पहिले नेपाली काग्रेसका नेता डा.प्रकाशशरण महतको प्रयासमा समाधान तर्फ उन्मुख भएको जानकारी गराउदै विगतमा जानी वा नजानी भएका कमी कम्जोरीहरूको सामूहीक जिम्मेवारी लिँदै अगाडी बढ्न आग्रह गर्दै जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङले एक प्रेस बिज्ञप्ति जारी गरेका छन:

 

युरोप महादेशमा नेपाली काँग्रेसको सिद्दान्त र आदर्शलाइ फैलाउने हेतुले २००६ सालमा तत्कालीन पार्टी बिदेश प्रमुख सुजाता कोइरालाको उपस्थितिमा बर्लिनमा गठन भएको नेपाली जनसम्पर्क समिति युरोपको पहलकदमीमा नेपालीहरूको घनिभूत वसोवास रहेका बेलायत,जर्मनी,बेल्जियम,नेदरल्याण्ड,लक्जम्बर्ग,स्पेन,पोर्चुगल,इटाली, डेनमार्क,पोल्याण्ड र स्वीट्जरल्याण्डमा नेपाली काँग्रेसको बिदेश शाखा नेपाली जनसम्पर्क समिति गठन भै ती समितिका अधिवेशनहरू सम्पन्न भैसकेको कुरा सगर्व जानकारी गराउँदछु । बाँकी रहेका देशहरूमा समेत तदर्थ समितिहरू बनिसकेका र ति समितिहरू अधिवेशनको तैयारीमा रहेका छन् भने अरू देशहरूमा पनि समितिहरू गठन गर्ने तैयारी भैरहेको छ । यस बीचमा बिभिन्न देशमा रहेका विवादहरूलाइ यस समितिले सुझबुझपूर्ण ढँगले समाधान गरेको छ । नेपाली काँग्रेसका ५०० कृयाशील सदस्य रहेका जनसम्पर्क समितिहरूलाइ विधानमै व्यवस्था गरेर नेपाली काँग्रेसको गत बाहौँ महाधिवेशनमा सहभागी गराइनु हाम्रा लागि गर्वको विषय हो । यस कार्यमा जनसम्पर्क समिति युरोपको महत्वपूर्ण भूमिका रहेको कुरा सर्विदितै छ । त्यसै गरि गैर आवासीय नेपाली सँघले शुरू गरेको अभियानमा पनि यस समितिले होस्टेमा हैँसे गर्दै आएको छ । एक पल्टको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ एनआरएनले अघि सारेको दोहोरो नागरिकताको मुद्दामा यो समितिले ऐक्यबद्दता जाहेर गर्दै आएको छ । उसै गरि प्रवाशमा सास्तीमा परेका नेपालीहरूको सहयोगको लागि विभिन्न राष्ट्रमा सकृय रहेका जनसम्पर्क समितिहरू मार्फत बिभिन्न कदमहरू चालिएका छन । अन्य महादेशमा पनि नेपाली काँग्रेसको महादेशीय ढाँचा निर्माण गर्दै ग्लोबल डायस्पोरा काँग्रेसको परिकल्पनालाइ मूर्त रूप दिने महा-अभियानमा सकृय हुन म विश्वभरी रहनु भएका नेपाली काँग्रेस समर्थक समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

२००४ सालमा नेपाली काँग्रेसका तत्कालिन सभापति श्री गिरिजाप्रसाद कोइरालाबाट मलाइ प्राप्त निर्देशन बमोजिम २००६ सालमा गठित यस समितिमा विगत केहि वर्षदेखि कायम रहेको वादविवाद र मत मतान्तरका कारण युरोपमा काँग्रेसको अभियानमा ठूलो अवरोध पुग्न गएको कुरा हामी सबैलाइ महसूस भएको छ । आपसी मतमतान्तर र वादविवादकै कारण काँग्रेसको गत महाधिवेशनमा ५०० कृयाशील सदस्य नपुगेका तर कार्यक्षमता,कुशलता र योगदानमा उत्कृष्ट रहेका जनसम्पर्क समितिहरूलाइ जनसम्पर्क समिति युरोप मार्फत प्रतिनीधित्व दिलाउने हाम्रो प्रयास सफल हुन सकेन । यसै तथ्यलाइ हृदयँगम गर्दै युरोप भरीका देश भित्र रहेका मतमतान्तरहरूलाइ विधिवत रूपमा अधिवेशनहरू सम्पन्न गरि न्युनिकरण गर्दै लगिएको छ । त्यसै गरि युरोप महादेशमा रहेका आम कार्यकर्ताहरू बीचमा रहेका मतान्तरहरूलाइ व्यवस्थापन गर्ने क्रममा सबैलाइ समेटेर यसलाइ सबै काँग्रेसको साझा मञ्च बनाउने हेतुले नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.प्रकाश शरण महतको विशेष उपस्थिति र निर्देशनमा स्पेनको बार्सिलोनामा भएको विशेष बैठकमा देहाय बमोजिमका निर्णयहरू भएको जानकारी गराउँदछु

नेपाली जनसम्पर्क समिति युरोपको आसन्न वार्सिलोना महाधिवेशन भव्य एवम् सभ्य रूपमा सम्पन्न गर्नको लागि अध्यक्ष दिल गुरूँगको संयोजकत्वमा देहाय बमोजिमको एक अधिवेशन तैयारी समिति गठन गरिएको छ-

१- नेपाली जनसम्पर्क समिति गठन भएका सबै देशका बहालवाला अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।

१- सबै देशका निवर्तमान अध्यक्ष तथा भूपु अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।

३- २७ सदस्यबाट नबढ्ने गरी बाँकी रहेका सदस्यहरू संयोजकले मनोनित गर्ने छन्।

४- हल्याण्ड भेलाले स्थापना गरेका कार्यदलहरूलाइ कायम राखिएको छ ।

५- अधिवेशन सम्पन्न गर्नको लागि आवस्यक बाँकी उपसमितिहरूको स्थापना र चयन संयोजकले यथाशिघ्र गर्ने छन्।

सबैको अस्तित्व र सम्मान नेपाली काँग्रेसको मूल मन्त्र हो । विगतमा जानी वा नजानी भएका कमी कम्जोरीहरूको सामूहीक जिम्मेवारी लिँदै सबैको लागि मञ्च खुल्ला भएको मैले ठानेको छु । अब जनमतको कदर गर्दै सबै साथीहरू स्वच्छ प्रतिस्प्रधामा लाग्नुहुनेछ भन्ने मैले विस्वास लिएको छु । सँगठनको जीत नै सबैको जीत हो । नेपाली जनसम्पर्क समिति युरोपको आवस्यकता सबैलाइ महसूस भएको यस घडीमा यस समितिको स्थापना देखि आजको मितिसम्म पदीय जिम्मेवारीमा बसेर वा नबसेर नेपाली काँग्रेसको युरोपीयन अभियानमा भूमिका निभाउनुहुने सबै साथीहरूलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दछु । यस समितिमा रहेर असहयोग गर्ने वा बाहिरबाट समेत बिरोध जनाउने साथीहरूको भूमिकालाइ समेत प्रजातान्त्रीक अभ्यासको रूपमा कदर गर्दै आसन्न महाधिवेशनले सबैको अस्तित्व र भूमिका सुनिश्चित गर्ने अटल विस्वासका साथ सबैमा सहमति,सहकार्य र एकताको लागि हार्दिक आह्वान गर्दछु । साथै अधिवेशन सम्पन्न गर्नको लागि आवस्यक उपसमितिहरू छिट्टै गठन गरिने जानकारी गराउँदछु । जय नेपाल ।

दिल गुरूँग

अध्यक्ष नेपाली जनसम्पर्क समिति युरोप ।