जनसम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बेल्जियमका नेपालीहरुले के भने ?

नेपाली काग्रेसमा बरिष्ट नेता तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति बेल्जियमले  सोमवार बेल्जियमको लुभेनमा आयोजना गरीको संबिधान बिषायक  अन्तरक्रिया कार्यक्रममा सहभागी बेल्जियम स्थित नेपाली राजनैतिक दल निकट संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु सबैले नेपालको समृद्वी चाहेको बताए| उनीहरुले नेपालको समृद्वीको लागी राजनैतिक स्थिरता हुनुपर्ने बताउदै आफुहरुले छिट्टै संबिधान निर्माण भएर देश शान्ति र आर्थिक उन्नतिको बाटोमा बढेको देख्न चाहेको बताए | तर उनीहरुले संबिधान निर्माण बिषयमा भने आ-आफ्नै तर्क प्रस्तुत गरे |उनीहरुले गैर आवासीय नेपालीहरुको नागरिकता र अधिकार सम्वन्धमा पनि जोडदार माग उठाए|SHER

संघीय समाजवादी पार्टी बेल्जियमका अध्यक्ष नेत्र मगरले  सबै नेपालीहरुले  देशको समृद्वी चाहेको बताउदै  समृद्वीको आधार नै  पहिचान सहितको संघियता भएको उल्लेख गरे |उनले पहिचान सहितको संघियता बिनाको संबिधान आएमा दुई बर्ष त के दुई दिन पनि नटिक्ने उल्लेख गरे| उनले बेल्जियममा पनि भाषिक संघियता भएको उल्लेख गर्दै यहाका राम्रा पक्षबाट सिकेर नेपालमा लागु गर्न देउवालाई सुझाब दिए|

जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष चित्र सुबेदीले अघिल्लो संबिधान सभाले सहमति जुटाउन नसक्दा संबिधान निर्माण नभएको उल्लेख गर्दै यहिले पनि संबिधान निर्माण गर्ने बिषयमा सहमतिको बिकल्प नभएको बताए|’ हिजो प्रक्रियाबाट संबिधान निर्माण गर्न डराउने राजनैतिक दलहरुले आज प्रक्रिया कुरा गरेका छन् ,यसले  प्राप्त उपलब्धि गुम्ने खतरा रहेको छ |’ उनले भने  | धर्म निरपेक्ष र राजतन्त्रको बिषयमा कुरा उठाउनु देशलाई पछाडी तर्फ धकेल्नु हो भन्दै  ‘ धर्म निरपेक्ष र राजतन्त्रको बिषयमा कुरा गर्नु पछाडी जानु हो पछाडी जादा समाधान होइन द्वन्द्व निम्त्याउछ |’ उनले थपे |

उनले नेपालमा रहेका नेपालीहरुमा बिभिन्न राजनैतिक आस्थाका कारण मतमतान्तर रहे पनि बिदेशमा बसेका नेपालीहरु नेपालीहरुका समस्या समाधान गर्न एकजुट  रहेको उल्लेख गर्दै नेपालबाट नेता आउदा दायाबाया नलाग्न आग्रह गरे | उनले नेपाली बोलेकै आधारमा बेल्जियम बाट नेपाल सुपुर्दगी गरिने गरेको आफुले पाएको उल्लेख गर्दै यस बिषयाम देउवाको ध्यानाकर्षण गराएका थिए|

राप्रपा नेपालका महासचिब दीपेन्द्र केसीले राजतन्त्रको अन्त्य सगै देश अस्थिरता तर्फ गएको जनाउदै  नेपालले गणतन्त्र र संघियता थेग्न नसक्ने बताए | उनले सानो देशका आफ्नै किसिमका संवेधनशिलता हुने बताउदै ०६२/०६३ सालको आन्दोलनको माग  धर्म निरपेक्षता र गणतन्त्र नभएको बताए | उनले आफ्नो पार्टीले धर्म निरपेक्षता र गणतन्त्र बिषयमा असहमति दर्ज गरीसकेको बताउदै यस बिषयमा जनतामा जानु पर्ने विचार व्यक्त गरे |

नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बालकृष्ण कंडेलले विश्वमा थोरै मात्र देशले संघियताको प्रयोग गरेको र आ-आफ्नै किसिमका समस्या रहेको उल्लेख गर्दै नेपालको भू राजनैतिक परिस्थितिका कारण संघियता उपयुक्त नहुने धारणा व्यक्त गरे | उनले संघियता मात्र देश बिकाशको माध्यम हुन् नसक्ने बताउदै अन्य किसिमले शक्ति विकेन्द्रीकरण गर्नु पर्ने बताए |

नेपाली प्रवासी मंच युरोपका महासचिब नारायण अधिकारीले देश सक्रमणकालीन अवस्थामा रहेको बेला राष्ट्रियतालाई कमजोड पार्ने किसिमका माग उठाउन नहुने धारणा व्यक्त गरे | उनले संबिधान निर्माण गर्दा दीर्घकालीन सोच राख्नु पर्ने उल्लेख गर्दै अग्राधिकार र आत्मनिर्णयको अधिकार जस्ता कुराहरुले  देशलाई कमजोड बनाउन सक्ने चिन्ता व्यक्त गर्दै यस बिषयमा सबै नेपाली नागरिकहरु सचेत रहनु पर्ने बताए |उनले नेपालको प्रमुख समस्या गरिबी र अशिक्षा भएको उल्लेख गर्दै अधिकारका नाममा संघियता राष्ट्रियलाई कमजोड बनाउने होइन  बलियो बनाउने किसिमको हुनु पर्ने बताए |

जन प्रगतिशील मोर्चा युरोपका अध्यक्ष  बिष्णु भुजेलले गैर आवासीय नेपालीहरुको मागको बिषयमा गंभिर रहन सबैलाई आग्रह गर्दै  गैर आवासीय नेपालीहरुको नागरिकताको बिषयमा भर्खरै राजनीतिक दलहरु बीच भएको समहती सकारात्मक भए पनि अस्पष्ट र अपूर्ण रहेको बताए| उनले नागरिकता दिने तर अधिकार नदिने जस्ता कुरा अन्तर्राष्ट्रिय नियम बिपरित हुने उल्लेख गर्दै ‘नागरिकतामा कसरी फरक हुन् सक्छ ?’ प्रश्न गरे| यस्तो किसिमको धारणा अनुभवबिहिन भएको समेत बताए | युरोपभरी राजनैतिक संगठन बिस्तार गर्न लगाउने तर राजनैतिक अधिकारका बिषयमा स्पष्ट हुन नसकेकोमा आक्रोस पोख्दै उनले भने  ‘कि त तपाईहरुले राजनैतिक अधिकार सहितको नागरिकता दिनुस,कि परिचयपत्र मात्र दिनुस ‘ |

उनले संबिधान सभा बाहिर रहेका राजनैतिक दलको समहतिमा लागु हुने संबिधान मात्र दिगो हुने बताउदै नेपालको गोलमेल सम्मेलनलाई जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको अन्तरक्रिया जस्तै भनी टिप्पणी गरे |

जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवानले जुनसुकै आन्दोलन पनि प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नको लागी भएको बताउदै प्रजातन्त्रको बिरुद्वमा कुनै पनि सम्झौता गर्न नहुने बताए |प्रजातन्त्रमा जुनसुकै व्यक्ति पनि स्वतन्त्र रहने हुदा कुनै पनि समुदायलाई आत्मनिर्णय र अग्राधिकारको अधिकार दिन नहुने विचार व्यक्त गरे |

एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बिदेशमा बस्ने तर बिदेशी नागरिकता नलिएका सबै नेपाली नागरिकको नाम निर्वाचन नामावलीमा कायम राख्न आग्रह गरे |

एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले गैर आवासीय नेपालीहरुको भावानात्मक नाता सधै कायम गर्न अब बन्ने संबिधानमा सम्बोधन गरीनु पर्ने बताउदै भने ‘कुनै नीति नियम बनाएर गैर आवासीय नेपालीहरुका हक र अधिकारलाई निश्चित गरीनु पर्छ |’

यसैगरी जन सम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ,महामन्त्री गंगाधर गौतम,एनआरएन बेल्जियम आईसीसी सदस्य जानकी गुरुङ ,जन सम्पर्क समिति बेल्जियमका सदस्य बिनोद पौडेल लगायत युरोपका बिभिन्न देशका जनसम्पर्क समितिका प्रतिनिधिहरुले पनि आ-आफ्ना भनाई राखेका थिए|JA

जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष शुवास जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममको संचानल महासचिव शालिकराम गौतमले गरेका थिए |

फोटो /बिष्णु सापकोटा