चीनको अन्तरिक्ष यान चन्द्रमामा, चीन तेस्रो

Jade Rabbitझण्डै चालिस बर्षपछि चन्द्रमाको सतहमा मानवरहित यान सफलतापूर्वक अवतरण भएको छ। यसपल्ट यस्तो यान चीनले चन्द्रमामा उतारेको हो ।

चीनभन्दा अघि जम्मा दुईवटा देशले मात्र चन्द्र सतहमा आफ्नो यान अवतरण गराउन सकेका थिए-संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघ । यी देशहरू त्यसबेला शक्ति राष्ट्रहरु थिए र अन्तरिक्षमा प्रतिस्पर्धा गर्दथे ।
चन्द्रमाको सतहमा मानवरहित यान पठाउन सक्नु उच्चतम वैज्ञानिक उपलब्धीको परिणाम हो।
तर यसलाइ वैज्ञानिक उपलब्धीको रूपमा मात्र नहेरी विश्वशक्तीका रूपमा आफूलाई स्थापित गर्ने कडीका रूपमा पनि लिइन्छ ।