चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा केशोलोमा

चितवन सहायता कोष बेल्जियमको आठौ वार्षिक साधारण सभा लुभेनको केशोलोमा हुने भएको छ|यहि अगस्त १८ सोमवार केसोलो स्थित कासाब्लानका चितवन सहायता कोषपार्कमा सभाको आयोजना गरीएको छ|

आफ्नो परोपकारी कोष स्थापना गरी नेपालको चितवन जिल्लामा परोपकारी कार्य गर्दै आईरहेको संस्थाले उक्त दिन कोशी पिडितको सहयोगको लागी बार्बिक्युको समेत आयोजना गरेको छ|बार्बिक्युबाट संकलित रकम नेपाल रेडक्रस चितवन मार्फत पठाईने समाजका अध्यक्ष पार्वती अधिकारीले जानकारी गराईन |

दिनको ठिक ११.३० बाट शुरु हुने कार्यक्रममा बार्बिक्युको लागि शुल्क युरो १० रहेको छ|