कपिलवस्तु दिवस राष्ट्रिय समिति बेल्जियमद्वारा भेलाको आयोजना

कपिलवस्तु दिवस विश्व अभियान अन्तर्गत बेल्जियम राष्ट्रिय समितिको भेला अन्त्वेर्पेंनमा हुने भएको छ|भेला यहि अगष्ट ३१ आईतवारका दिन अन्त्वेर्पेंनlumbini abhiyan स्थित ‘दे शेल्टर’ लाङ्ग्स्ट्राट १०२मा आयोजना गरीएको छ|

भेलामा हालसम्म लुम्बिनीको प्रचार प्रसार र प्रवर्धनमा गरीएका कार्यहरुको समेत जानकारी गराईने भएको छ|कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल सम्बन्धि डकुमेन्ट्री समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ |भेलाले आगामी वर्ष बुद्ध जयन्तीको सन्दर्भमा ब्रुस्सेल्स्मा आयोजना गर्न गैरहेको अन्तरराष्ट्रिय सेमिनारलाई प्रभावकारीरुपमा सफल बनाउनको लागी हाल भएको राष्ट्रिय समिति बेल्जियमको पुनर्गठन गर्ने गैरहेको जनाईएको छ |

राष्ट्रिय समितिबेल्जियमले नेपालको राष्ट्रिय गौरवको प्रचार प्रसार र प्रवर्धन गर्ने कार्य भएको उल्लेख गर्दै बेल्जियमस्थित सम्पूर्ण संघ संस्थाहरुलाई सहभागिताको लागी आमन्त्रण समेत गरेको छ|