चन्दको नेतृत्वमा नेकपा-माओवादी गठन

नेकपा माओबादीबाट विद्रोह गरे लगतै नेत्रविक्रम चन्द समुहले नेकपा माओबादी नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ| शनिवार चितवनमा सम्पन्न चन्द Netra-Bikram-Chandपक्षीय केन्द्रिय सदस्यहरुको भेलाले चन्दको नेतृत्वमा पार्टी गठन गर्ने निर्णय गरेको हो|

मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको बैठकमा सम्वन्ध विच्छेदको पत्र बुझाएर विप्लवले आफू पक्षीय नेताहरुको बैठक चितवनमा बोलाएका थिए| बैठकमा खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलासहितका नेताहरु सहभागी थिए|

तिन दिन सम्म चलेको बैठकले आगामी पुष २१ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ| बैठकले राष्ट्रिय भेलाको आयोजना गरी  पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको छ| नयाँ पार्टीको कार्यालय टीमबारे भने निर्णय भइनसकेको छैन| बैठकमा शीर्ष नेताहरुको ५ सदस्यीय टीम बनाउने प्रस्ताव पनि आएको थियो ।पार्टी गठनबारे थप जानकारी १५ गते पत्रकार सम्मेलन गरेर दिइने नेताहरुले बताएका छन् |