बाजागाजाका साथ महिलाहरुले सामुहिक रुपमा फाँग रनझनिया लगायत मांगलिक भाकाहरु गाउदै र नाच्दै सुदूर पश्चिमका विभिन्न जिल्लाहरुमा गौरा भित्रयाईएको छ । भाद्र शुक्ल सप्तमीको दिन गौरा भित्राउने चलन रहेको छ ।
कुश, धान , साउँ, अपामार्ग, तिल लगायत विभिन्न ९ बोट बाट तयार गरिने गौरा पञ्चकन्या तथा वत्रालुहरुले विभिन्न बाजागाजा र फाँग गाएर टाउँकोमा राखेर नचाउँदै गौरा घरमा भित्राइएको छ । गौराको प्रसादको रुपमा छिमेकी गाँउहरु र इष्टमित्रको घरमा बिरुडा बाडिदै छ भने गाँउ वस्तिको वातावरण ढुस्को, धुमारी, चैत्र, अठेवारी, हुडेकेली नाच, गौरा नाच बालोनाचले उल्लासमय बनेको छ।हिले सुदुरपश्चिमका गाउबस्तीहरुमा गौरा पर्वको रौनकले छाएको छ भने गौरा खेल्न गौरा घरमा आउने जानेहरुको चहलपहल पनि बाटोघाटोमा बाक्लै देखिन थालेको छ ।
सप्तसती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकोले हरियो घाँसमा सतिदेवीको वाँस हुन्छ भन्ने मान्यता अनुसार घाँसको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा भएको गडसेरा डोटीका नेत्रप्रशाद भण्डारी भन्दछन्–‘गौरा यस क्षेत्रको मौलिक पर्व हो । यस पर्बले धार्मिक भावनाबाट मात्र प्रेरित नभई आपसी सद्भाव सहअस्तित्वको विकास गरी सामाजिक जीवन गर्ने पाठशाला समेत बनेको छ ।
डा. आर.डि. प्रभात चटौत ‘प्रभात’को बृहत डोट्याली सब्दकोषमा उल्यख भएअनुसार हिमालय राज कि छोरी पार्वती बिबाह योग्य भएपछि छोरीको लागि बर खोज्दै हिडे । छोरीको बिबाह सुर्य संग गर्दा जलेर मर्ने,चन्द्रमा संग बिहे गर्दा आयु छोटो,ब्राह्मण संग बिहेगर्दा ब्रह्ण पुजापाठमा ब्यस्थ हुने र छोरी भोकले भर्ने ,मेहश्वर संग बिबाह गर्दा भाड,धतुरो खाने भनेर अलमलमा परे त्यस पछि छोरीको सल्लाह अनुसार महेश्वर संग नै बिबाह गर्ने निर्णय भयो र यही बिबाहको लगनको रुपमा गौरालाइृ लिइन्छ ।
गौरा भित्राएको दोश्रो दिन महेश्वरसँग धुमधामसँग बिवाह गरिन्छ । गौराको व्रत बस्ने महिलाहरुले प्रसादको रुपमा घाँटीमा दुवाधागो (मन्त्रेको धागो) बाध्ने गर्दछन् । अन्यलाई विरुडा लाई प्रसादको रुपमा दिने गर्दछन् । यस पर्वको प्रमुख प्रसाद विरुडा (क्वाँटी)भएको बताउछन् । मान्नाकपाडी डोटीका तुलाराम जोशी, उनका अनुसार पञ्चमीका दिन विरुडा भिजाइन्छ षष्टिका दिन धुने र गोराको समयमा खाने गरिन्छ र घर बाहिर बसेका सदस्यलाई समेत पठाउने चलन छ ।
पाँच सात दिनसम्म खेलमाल गरी मनाईने यस चाडमा चैत्, ढुस्का, धुमारी, तुलसीका गीत तथा बिभिन्न डेउडा गीत गाएर खेल खेलिन्छ । दशै तिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए पछि मात्र ल्याउन पाउने दिपायलकी भागरथि नेगि बताउँछिन् ।
गौराको समयमा कामका लागि बाहिर गएका घर फर्किने र औकात अनुसारको मिठो मसिनो खाने र राम्रो नयाँ लुगा लगाउने गर्दछन् । यो पर्व सुदूर पश्चिमका पहाडी क्षेत्रका साथै कुमाऊँ, गडवाल तथा अहिले घनगढी, महेन्द्रनगर र काठमाण्डौंमा पनि मनाईने गरिन्छ । अहिले सुदुरपश्चिमका गाँउ वस्तिमा गौरा खेल्नेहरुको लस्कर देखिनका साथै खुसियालि छाएको छ ।
गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर पठाए झै गरी बाजागाजा र फाँग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ । सरकारले पछिल्ला वर्षमा गौरा पर्वको अवसरमा स्थानीय विदा दिने व्यवस्था समेत गरेको छ ।