खड्काको स्मृतिमा बेल्जीयममा श्रद्धान्जली सभा

बाग्लुंगबाट बेल्जियम आई बसोवास गर्ने नेपालीहरुले बागलुङ क्षेत्र नं १का सभासद हरिबहादुर खड्काको निधन भएको १२ औँ दिनको पुण्यतिथीको hari khadkaअवसरमा उनको नेपाली राजनीतिमा रहेको योगदानको स्मरण गर्दै श्रद्धान्जली प्रकट गरेका छन् | बिहिवार बागलुङ समाज वेल्जीयमको आयोजनामा बेल्जियमको लुभेन स्थित होली काउ रेस्टुरेन्टमा श्रद्धान्जली सभाको आयोजना गरीएको थियो | कार्यक्रममा बक्ताहरुले खड्काको राजनीतिक तथा सामाजिक योगदानको चर्चा गर्दै खड्काको निधनले समग्र देश तथा बाग्लुंग जिल्लालाइ क्षती पुगेको बताए|
सो कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम, एनआरएन बेल्जियमका महासचिब माधब सापकोटा, बागलुङ समाज वेल्जीयमका कोषाध्यक्ष सन्जय राजभण्डारी , राजेन्द्र शर्मा, परमानन्द सापकोटा,दिपेन्द्र के.सी.लगायतले खड्काको निधनप्रति दुःख व्यक्त गरेका थिए | सो कार्यक्रममा बोल्ने बक्ताहरुले खड्काको उद्दार र उपचारमा व्यवस्थापकीय कमजोरी भएको भन्दै चिन्ता व्यक्त गरेका थिए | बागलुङ समाज वेल्जीयमका अध्यक्ष देवेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब कृष्ण श्रेष्ठले गरेका थिए |