क्षेत्री समाज बेल्जियमले नेपाली नयां बर्ष २०७२ को स्वागार्थ एक कार्यक्रमको आयोजना गरेको छ| नया बर्षलाई स्वागत गर्दै
एक अर्का बीच शुभकामना आदानप्रदानको लागी आयोजना गरीएको कार्यक्रम यहि अप्रिल १३ मा बेल्जियमको लुभेन स्थित डीएफसी रेस्टुरेन्टमा हुदैछ|
![kshetri society belgium](https://i0.wp.com/www.infomala.com/wp-content/uploads/2015/03/kshetri-society-belgium-200x113.jpg?resize=200%2C113)
क्षेत्री समाज बेल्जियमले आफ्नो स्थापनाकाल देखि नै नेपाली नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपालीहरु बिचमा शुभकामना आदानप्रदान गर्ने गर्नेको छ| यस पटक आयोजना गरीएको कार्यक्रममा बेल्जियम स्थित संघ सस्थाका साथै सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागी आव्हान गरेको छ|साझ ६ बजे शुरु हुने कार्यक्रममा सबैको लागी डीनरको समेत ब्यबस्था गरीएको समाजले जनाएको छ|