क्यानडामा ’नेपाल टिभी’ शुरू

नेपाल टिभी क्यानाडा सामुदायिक टेलिभिजन च्यानलको रूपमा आज शनिबार मार्च १४ बाट प्रशारण शुरु भएको छ ।

क्यानाडाको लोकप्रिय मध्येको रोजर च्यानल १० ले नेपाली कार्यक्रमको प्रस्ताव र ढाचा स्वीकारेपछि आज विहानबाट पहिलो ६ महिनाका लागि प्रशारण आरम्भ भएको हो । प्रत्येक १५ दिनमा ३० मिनटको कार्यक्रम प्रशारण हुने सम्झौता भएको टेलिभिजन संचालक स्वंयसेवी कमिटिका संयोजक संजिव रिजालले बताए ।

Nepal tv canadaहालका लागि ग्रेटर टोरोन्टो एरियामा मात्र कार्यक्रम प्रशारण हुनेछ । यसको क्षमता बढाइ चाँडैनै अन्टारियो भरि पुर्याउन प्रयास गरिने बताइएको छ । रोजर १० सामुदायिक प्रशारण च्यानल भएकाले कार्यक्रम प्रशारणको कुनै पनि शुःल्क लाग्दैन तर उत्पादनका लागि प्रतिअंक न्यूनतम ५ सय डलर खर्च हुने भएकाले कार्यक्रम प्रायोजनका आवस्यक हुनेछ ।

कार्यक्रम प्रोडक्सनको जिम्मेवारी लामो समयदेखि क्यानाडामा टेलिभिन कार्यक्रमसम्बन्धि विभिन्न सामग्री उत्पादन गर्दै आएका ईश्वर थापाले पाएका छन् । थापाले टेलिभिजन सम्बन्धि विभिन्न विधाका दक्ष र प्राविधिक व्यक्तिहरुको संयोजन गरेका छन् । १४ मार्चबाट प्रत्येक दोश्रो शनिवार विहान ८ देखि ८ः३० सम्म र सोमवार सांझ ५ः३० देखि ६ बजेसम्म कार्यक्रम प्रशारण हुने छ छ ।