डेनमार्कमा नेपालीका बच्चाले तहल्का मच्चाए

डेनमार्कमा जन्मेहुर्केका नेपाली नयाँ पुस्ताले अवसर पाए अरु भन्दा कम छैनौँ भन्ने देखाउन थालेका छन्| यस्तो उदाहरणshashot बनेका छन बाबु विवेक श्रीस राना र आमा सुशीला हमालका जेष्ठ सुपुत्र- शाश्वत राना | राना डेनमार्कको हेल्लेरूप इद्रेत क्लवमा आवद्ध छन् | मार्च ७ र ८ मा डेनमार्कको सोरोमा १५ टिम बीच भएको खेलमा उनको टिमले डेनिस नेशनल लिग २०१५ च्याम्पियन अन्डर ८ को उपाधी जितेको थियो|

कोपेनहेगन बस्ने ७ बर्षीय शाश्वत रानाले सन् २०१४ को अप्रिलदेखि हेल्लेरूप इद्रेत क्लवबाट आफ्नो फुटबल खेलको शुरुवात गरेका थिए| खेल्न शुरु गरेको १ महिनामा नै उनी उमेर समुहका ६४ जनालाई पछि पार्दै  ११ मा पर्न सफल भएका थिए| उनि जुनसुकै पोजिसनमा रहेर पनि खेल्न सक्ने खेलाडी हुन्| उनको टिम यहि अप्रिल ६ मा स्विडेनको होलभिकानमा  हुने नासेत कप र १६ मे मा स्विडेन कै क्लाग्शममा हुन् गैरहेको आसहोज्देन कप २०१५ का लागी छनोट भएको छ| यसै गरी उनी यहि मे २३ र २५ मा जर्मनीको ग्रेवेन्ब्रोइचमा हुन गैरहेको पीफिंगसत कपको लागी डेनिस टिममा रहेर खेल्दैछन् |

डेनमार्कमा रहेको नेपालीहरुको सँस्था हिमालयन क्लवमा साथिहरु सँगसँगै जाने गरेका शाश्वतको रुची फूटवलमा रहेको नेपालीहरुका साथै स्कुलका शिक्षकले पनि थाहा पाए पछी किम हिक क्लवमा पठाएको पिता विवेक राना बताउछ|  अहिले शाश्वत हप्तामा तिन दिन सोमवार,बुधवार र शुक्रवार दैनिक एक घण्टा ट्रेनिङ लिने गर्छन भने शनिवार र आईतवार विभिन्न डेनिस क्लव बीच हुने प्रतिस्पर्धामा सहभागी हुन्छ| उनले स्थानीय स्तरमा थुप्रै अवार्ड जितिसकेका छन|शाश्वतको फुटबल बाहेक बास्केटबल र ह्याण्डबलका साथै चित्रकला र संगीतमा पनि रुची छ| उनि कोपेनहेगन स्थित रादमान्दसगाडे स्कुलमा कक्षा १ मा अध्यानरत छन्|

हुनत त पिता विवेक पनि नेपालका राष्ट्रिय खेलाडी हुन् |उनि नेपाल रहदा करातेका राष्ट्रिय खेलाडी एंव प्रशिक्षक समेत थिए| त्यसैले शास्वतको भित्रि चाहना सजिलै बुझे| बाग्लुंग देखि पोखरामा बसाई सरेका राना १२ बर्ष अगाडी डेनमार्क आएका थिए| २००७ मा डेनमार्क मै शास्वतको जन्म भएको थियो| शास्वत झैँ उनको कान्छो छोरा बिशेष रानाको पनि फुटबलमा रुची रहेको पाएर दाज्यू कै क्लवमा ट्रेनिङको लागी पठाउन शुरु गरेको विवेक राना बताउछन् |उनि हाल ३ बर्षका छन्|

बाबु विवेक श्रीस राना र आमा सुशीला हमाल तृष्ण बुद्वी भएका छोरा पढाईमा पनि चम्कोस भन्ने चाहन्छन | उसको रुची फुटबलमा रहेकोले रुची पूरा गर्नको लागी तालिम,प्रतिस्पर्धामा लैजाने ल्याउने तथा आवश्यक सामाग्री खरिद गरीदिएको छन| छोराको निम्ति कुनै कसुर बाकि नराख्ने पिता माता बताउछन्| भविष्यमा छोराको राष्ट्रिय परिचय फुटबल खेलाडी कै माध्यम बाट बन्नेमा उनीहरु ढुक्क छन् |shashot cshashot bshashot a