कुकुरका लागि बेग्लै च्यानल- ‘डग टिभी’

Dog TVमानिसका लागि विश्वभर कति टीभी च्यानल खुलेका छन, गणना गरिसाध्य छैन। तर, अब इजरायलमा कुकुरका लागि छुट्टै च्यानल सुरु भएको छ। हालै सुरु भएको ‘डग टीभी’ प्रति कुकुर पनि मोहित हुन थालेका छन। तेल अभिभको डल बीचमा रहेका कुकुरका मालिक यसलाई लिएर उत्साहित छन् किनकि उनीहरुले आफ्नो पाल्तु साथी कुकरको मनोरन्जनका लागि नयाँ तरिका पाएका छन्। यिनीहरुमध्ये एक हुन- जेरुसेलमका जेफ। आफू घरबाट बाहिर निस्कँदा कुकुरलाई रेडियो सुनाउने गरेका उनी अब डग टीभी सुरु भएपछि खुसी छन्।

कुकुरहरु समूहमा बस्न रुचाउँछन् र आफ्नो मालिक लामो समय अलग रहँदा तनावमा हुन्छन्। त्यसैले टीभीमा चर्को भुकाइको सट्टामा वैज्ञानिक अध्ययन र कुशल प्रशिक्षकहरुको सहयोगमा तयार पारिएको उनीहरुलाई मनोरन्जन दिने संगीत प्रयोग गरिन्छ। यस्तो संगीतयुक्त टीभी हेर्न पाएपछि कुकुरहरु घण्टौं त्यहाँ झुम्मिछन्, उनीहरु भुक्दा डिस्टर्व भयो भनेर गुनासो गर्ने छिमेकीहरु पनि चुप छन्। कुकुरका लागि लक्षित गरिएको भए पनि अहिले टेलिभिजन हेरेर बिरालाहरुले पनि आनन्द लिइरहेका छन्।