जाडोबाट बँच्न भेडालाई स्वेटर

lambs get wooly sweaterयो वर्ष मार्चको चिसो पश्चिम युरोपमा ‘शताब्दि कै ठण्डी’ बनेको छ । इस्टर आउनेबेलासम्म पनि तापक्रम ‘माइनस’ मै छ । चिसोको असुविधाले मान्छे मात्र होइन जनावरहरूलाई पनि सास्ती दिएको छ । केही जनावरप्रेमीहरूले तिनको हेरचाहमा ठुलै दिलचस्पी देखाइरहेका छन् । काँपीरहेका नवजात भेडाहरूलाई बचाउन तिनको सुरक्षामा ऊनीका स्वेटर लगाइदिइएका छन् ।