
फागुन १६ गतेको प्रदर्शनलाई प्रभावकारी बनाउन वाइसीएलले प्रदर्शन सुरु गरेको हो। भृकुटीमण्डपबाट अपरान्ह दुई बजे सुरु भएको मार्च पास सहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम रहेको वाइसीएलका कार्यबाहक अध्यक्ष आरसी शर्मा ‘बिज्ञान’ले बताए। सत्ता पक्षलाई दबाब दिने उद्देश्यले मार्चपास आयोजना गरिएको हो।