युरो नेपाल कलाकार संघ बेल्जियमको तेश्रो अधिवेशनले पार्वती अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालको लागी उपाध्यक्षमा गडुल ध्वज (जिम्मी) गुरुङ, महासचिव मुना ताम्राकार, सचिव शान्ति पुन , कोषाध्यक्ष अमर राना निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा नारायण् धिताल, संजय श्रेष्ठ (देबु), मिन थापा, दुर्गा काजि शाक्य, शारदा थापा र दिपिका के. सी.रहेका छन । संस्थापक अध्यक्ष मिन गुरुङ ,एनआरएन अध्यक्ष गंगाधर गौतम, बलराम पुन, र रफी शाह सल्लाहकार रहेका छन।
नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता पदम गुरुंगले गरेका थिए। बेल्जियम स्थित विभिन्न संघ सस्थाका पदाधिकारीहरु सहभागी थिए ।