कमल थापाको सभामा खुमबहादुरको प्रशंसा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा बशन्तपुरमा आयोजित आमसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेसका नेता खुमबहादुर खड्काले हिन्दु राज्यको पक्षमा अभियान चलाएर प्रशंसनीय काम गरेको बताए।
kamal-thapaथापाले भने, खुमबहादुरले चलाएको यो अभियानको सिंगो राष्ट्रले प्रशंसा गरेको छ। अब कांग्रेस र एमालेका अरु नेताहरु पनि यो अभियानमा सहभागी हुनुपर्छ । थापाले खुमबहादुरको अभियानमा राप्रपा नेपालले पूर्ण सात दिने बताए । थापाले खुमबहादुरको प्रशंसा गर्दै कार्यकर्ताले जोडले ताली बजाएका थिए।