कति कमाउछन,बेल्जियमका फुटबल खेलाडीहरुले ?

बेल्जियमले यसपाली फुटबलको इतिहासमा बिश्वमै उच्चस्थानमा नाम राख्न सफल भएको छ | सन् २०१४ को  विश्वकप फुटबलमा क्वाटर-फाइनलमा अर्जेन्टिनासंग हारेको बेल्जियम सन्  २०१६ मा हुने यूरोकपको छनौटको लागि भएको खेलहरुबाट अहिले  जर्मनी, अर्जेन्टिना र कोलोम्बो पछि विश्व मै  चौथो स्थानमा रहेको घोषणा फिफाले अघिल्लो हप्ता मात्रै गरेको थियो | र पाचौ स्थानमा भने नेदरल्याण्ड रहेको जानकारी पनि गराएको छ |  फुटबलको इतिहासमा बेल्जियम यति माथि आएको पहिलोपल्ट हो |

अहिले बेल्जियमका खेलाडीहरुको माग बाहिरी क्लबहरुमा निक्कै छ|  कति कमाउछन् त यि बेल्जियमका खेलाडीहरुले ?

Eden Hazard (एदेन हजारदसन् १९९१ बेल्जियममा जन्मेका एदेन हजारद अहिले बेलायतको राम्रो क्लब मध्येमा पर्ने चेल्सी बाट खेल्ने गर्छन | Eden-Hazard- एदेन हजारद चेल्सी बट खेल्ने अहिले सम्म कै सबैभन्दा महँगो खेलाडी भएका छन् |  दौडन, पास मिलाउन र गोल गर्न पनि उत्तिकै शिपालु यी खेलाडीले बर्षमा युरो १६८००,००० (झन्डै रु २,१००,०००,०००), महिनामा युरो १४००,००० ( झन्डै रु १७,५०००,००० ), हप्तामा युरो ३६६,००० (रु झन्डै ४२,०००,००० ),र  दिनमा युरो ६७२,००० (झन्डै रु ८,४००,०००) कमाउछन | यिनी दुइ बच्चाका पिता पनि हुन्|

Vincent Kompany (भ्यासन कोम्पानी)

सन् १९८६ मा बेल्जियममा जन्मेका यी Vincent Kompany (भ्यासन कोम्पानी) इंगलैंडकै अर्को ठुलो क्लब म्यान चेस्टर सिटीबाट मुख्य क्याप्टेन भएर खेल्छन | यिनी भने गोल बचाउनेमा संसारमै राम्रा खेलाडीहरु मध्येमा पर्छन | पहिला देखि नै सोहि क्लबबाट खेल्दै आएका  यिनी सन् २०१२ पछी ६ बर्षका लागि अनुबन्धित छन् |यिनले Vincent Kompany Manchester Cityबर्षमा युरो ८०२४६९१ (झन्डै रु.१,००,३०,८६,३७५), महिनामा युरो ६६८७२४ (झन्डै रु.८,३५,९०,५००), हप्तामा युरो १,६०,४९४ (झन्डै रु २,००,६१,७५०) र दिनमा युरो ३२,०९९ (झन्डै रु.४०१२३७५) कमाउछन |यिनी एक  बच्चाका पिता पनि हुन्|

Thibaut Courtois (थिबौत कौर्तोइस् )

गोलकिपर Thibaut Courtois सन्सारकै राम्रा गोलकिपरहरु मध्येमा गनिन्छ| सन् २०१५ को सुरुवात बाटै यिनले भने इंगलैंडको चेल्सी क्लबबाट खेल्ने Thibaut-Courtoisनिश्चित भएको छ |२२ बर्षका यिनी गोलकिपर कौर्तोइस्ले हप्तामा ११०००० युरो अर्थात झन्डै १,३७,५०,००० रु कमाउने भएका  छन | कौर्तोइस्  ५ बर्ष (२०१९ सम्म)को लागि चेल्सीमा अनुबन्धित हुने भएका छन् |

यसै गरि मारोउआने(Marouane Fellaini)ले  फेलैनी इंगलैंडकै अर्को क्लुब Manchester United बाट बर्षमा ५२००००० युरो कमाउछ भने डानियल भान बुतेनले जर्मनीको उत्कृस्ट क्लबबाट बर्षमा ४५,००,००० युरो हात पार्छन | यति मात्रै नभएर जो पनि बेल्जियमको राष्ट्रिय टिममा छ उसले यूरोपको कुनै न कुनै क्लबमा खेलेर काममा पनि बर्षमा  २.३ मिलियन यूरो अर्थात  २८,७५,००,००,००० झन्डै नेपाली रुपैया हात पारे कै हुन्छन | र फेरि राष्ट्रिय खेल खेल्दा खेरिको अर्कै तलब अनि अन्य बिज्ञापनको त बाकीनै छ |

-हरी श्रेष्ठ 

 

 

 

 

  • Post category:खेल