एनआरएन सँघ स्विटजरल्याण्डका आईसीसी सदस्य एवं पूर्व अध्यक्ष डा. विनय कुमार श्रेष्ठले सँघको युरोप संयोजकमा उमेदवारी घोषणा गरेका छन् ।
एनआरएन सँघ स्विटजरल्याण्डको संस्थापक उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष रहेका उनी एनआरएन अभियानमा विगत दस वर्षदेखि सक्रिय रूपमा आबद्ध रहँदै आएका छन् । डा. श्रेष्ठ पेशाले क्यान्सर रोग विशेषज्ञ हुन् ।
एनआरएन सँघमा दीर्घकालिन विचार कार्यनीति र भिजन भएकाहरू पाखा लागे र ब्यापारीहरू हावी भए भनेर गुनासो चलिरहेको बेला डा. श्रेष्ठको उमेदवारीलाई धेरैले सकरात्मक रूपमा लिएका छन् ।
उमेदवारी घोषणा गर्दै उनले त्यसको अाैचित्य पुष्टी गर्न बुँदागत रूपमा आफ्ना विचार राखेका छन्:
उमेदवारी केका निम्ति ?
- गैरआवासीय नेपाली सँघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै आईसीसीसँग रचनात्मक सहकार्य र समन्वय गर्ने।
- युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने।
- सँघको विकेन्द्रिकरणमा जोड दिई युरोप क्षेत्रलाई अझ सशक्त क्षेत्रका रुपमा स्थापित गराउने र केन्द्रीय नीतिनिर्माण र योजनाहरुमा प्रत्यक्ष संलग्न रहने।
- सँघको संस्थागत चुनौतिहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पुर्याउने।
- युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र कार्यान्वयन गर्ने
- नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्ने। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने।
आफूलाई किन सुयोग्य ठानेँ ?
- सामाजिक संस्थामा र पेशागत रूपमा दीर्घकालिन विचार, कार्यनीति र भिजन लिएर नेतृत्वदायी र उच्चस्तरिय व्यवस्थापनका साथ काम गरेको अनुभव
- विगत एक दशकदेखि अनवरत रूपमा सँघको जिम्मेवार पदहरूमा सेवारत
संलग्नता :
- संस्थापक उपाध्यक्ष (सन २००८-२००९), गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
- अध्यक्ष (२००९-२०११ र २०११-२०१३) गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
- आईसीसी सदस्य (२०१५-२०१७) स्विटजरल्यान्डको प्रतिनिधित्व
- साथै सँघका विभिन्न समितिहरुमा रही काम गरेको अनुभव
- क्यान्सर रोग विशेषज्ञ। १४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत। नेपाल र युरोपमा उच्चस्तरिय पेशागत अनुभव र शिक्षा
शिक्षा:
- एम.बि.बि.एस. (नेपाल)
- एम.डी. (स्विटजरल्याण्ड)
- बायोमेडिकल ईन्जिनियरिङमा स्नातकोत्तर (स्विटजरल्याण्ड)
- एफ.एम.एच. रेडिएसन अंकोलोजी विशेषज्ञता (स्विटजरल्याण्ड)
- संस्थागत काममा खटिन र सामाजिक सेवामा प्रतिबद्ध