एनआरएन भवनको लागी बेल्जियमबाट ४५ लाख भन्दा बढी रकम संकलन (सहयोग गर्नेहरुको नामावली सहित)

एनआरएनको आफ्नै भवन निर्माणको लागी जुटेका प्रवासी नेपालीहरुले बेल्जियममा रकम संकलन कार्य शुरु गरेका छन्| भवन निर्माणको निम्ति NRNमंगलवार सम्म बेल्जियमका नेपालीहरुबाट पैचालिस लाख अठ्चालीस हजार चार सय ११ रुपैया संकलन भएको एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले जानकारी गराएका छन्|

रकम संकलनको लागि एनआरएन बेल्जियमले आईतवार बेल्जियमको अन्त्वेर्पेंनमा नेपालीहरु द्वारा संचालित अन्त्वेर्पेन नेशनल होटलमा डिनर सहित कार्यक्रमको आयोजना गरेको थियो |

बेनेलक्स (बेल्जियम,नेदरल्याण्ड र लक्जेम्बर्ग ) का नेपालीहरुको संयुक्त कार्यक्रममा उपस्थित एनआरएन नेदरल्याण्डका अध्यक्ष कृष्ण अधिकारीले एनआरएन नेदरल्याण्डबाट दश लाख र एनआरएन लक्जेम्बर्गका अध्यक्ष रमेश तोयनाले  पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए|

यस अघि नै जर्मनी र स्विजरल्याण्डमा पनि कार्यक्रमको आयोजना गरीएको थियो| जर्मनी र स्विजरल्याण्डका नेपालीहरुले क्रमशःछयालीस लाख र दश लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको एनआरएन भवन निर्माण सहयोग संकलनको लागी युरोप संयोजक जानकी गुरुङले जानकारी गराईन| उनले युरोपका नेपालीहरु उत्साहका साथ सहभागी भएको र सहयोग संकलन कार्य मार्च अन्तिम सम्म जारी राख्ने बताईन|

आउदो अक्टोवर ११ तारिख एनआरएन डे का अवसरमा भवन शिलान्यास गर्ने उद्वेश्यले एनआरएन रकम संकलन गर्न लागी परेको हो| १५ करोडको लागतमा निर्माण हुने बताईएको ४ तले भवनको प्रारम्भिक खाका समेत तयार गरीएको छ|

एनआरएन भवन निर्माणको लागी बेल्जियमबाट सहयोग गर्नेहरुको नामावली:

  • अर्जुनकुमार श्रेष्ठ ५ लाख रुपैया
  • जानकी गुरुङ ३ लाख रुपैया
  • चिज कुमार श्रेष्ठ (शिलु) २ लाख ७० हजार रुपैया
  • प्रेम गुरुङ २ लाख रुपैया
  • सीपी भट्ट २ लाख रुपैया
  • पदम गुरुङ २ लाख रुपैया
  • श्री कृष्ण सिंखडा २ लाख रुपैया
  • पिजी शेर्पा २ लाख रुपैया
  • सरस्वती चापागाई / केशब चापागाई २ लाख रुपैया
  • रजनी प्रधान/ रविन्द्रमान श्रेष्ठ १ लाख ५० हजार रुपैया
  • राम घले १ लाख ११ हजार १ सय ११ रुपैया
  • एनआरएन बेल्जियम १ लाख रुपैया
  • युबराज गुरुङ १ लाख रुपैया
  • ब्युटी श्रेष्ठ १ लाख रुपैया
  • शिबकुमार वरुवाल १ लाख रुपैया
  • दोर्जे गुरुङ १ लाख रुपैया
  • मोहन रावत १ लाख रुपैया
  • राम पुन ५० हजार १ सय रुपैया
  • माधव सापकोटा ५० हजार रुपैया
  • खड्क केसी ५० हजार रुपैया
  • झलक केसी ५० हजार रुपैया
  • बोधराज पौडेल ५० हजार रुपैया
  • हरीकुमार थपलिया ५० हजार रुपैया
  • ओम शर्मा ५० हजार रुपैया
  • दुर्गा गुरुङ५० हजार रुपैया
  • शहदेब गौतम ५० हजार रुपैया
  • दीपेन्द्र केसी ५० हजार रुपैया
  • गीता लामा ५० हजार रुपैया
  • आर बि घले ५० हजार रुपैया
  • नरहरी सापकोटा ५० हजार रुपैया
  • ईन्द्र क्षेत्री पकवान ५० हजार रुपैया
  • नारायण सिंह सिलवाल ५० हजार रुपैया
  • किसन केसी ५० हजार रुपैया
  • बिपन गुरुङ ५० हजार रुपैया
  • गोपाल सिंखडा ५० हजार रुपैया
  • गजेन्द्र गुरुङ ५० हजार रुपैया
  • राजु घिमिरे/सीता सापकोटा ५० हजार रुपैया
  • विजय मल्ल ५० हजार रुपैया
  • गोबिन्द सुबेदी ५० हजार रुपैया
  • जोगमान लामा ५० हजार रुपैया
  • बिमल गिरी ५० हजार रुपैया
  • ईश्वर प्रसाद चौधरी ५० हजार रुपैया
  • शारदा अर्याल ३० हजार १ सय रुपैया
  • टंक गुरुङ ४२ हजार रुपैया
  • केदार जोशी २५ हजार रुपैया
  • राजेन्द्र बहादुर कार्की २५ हजार रुपैया
  • लाल कुमार गुरुङ १२ हजार
  • राजु थापा १२ हजार रुपैया
  • बुद्वी बराल ११ हजार १ सय रुपैया
  • भुवन सुबेदी १० हजार रुपैया