पेरिस घटनाका आक्रमणकारी दाजुभाई भएको पुष्टि

फ्रेन्च प्रहरीले बुधबार फ्रान्स एक पत्रिकामा आक्रमण गर्ने दाजुभाई भएको पुष्टि गरेको छ ।
प्रहरीले ३२ बर्षिया सइद कोउएची र ३४ बर्षिया चेरिफ कोउएची भएको पुष्टि गरेको छ । एक ब्यक्तिको भने पहिचान हुन नसके पनि ती ब्यक्ति घरबारबिहिन टिनएजर भएको बताइएको छ ।
फ्रान्सको व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोको कार्यालयमा बुधबार ती बन्दुकधारीहरूले कालास्निकोभ्स बन्दुक तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा १२ व्यक्तिको मृत्यृ भएको थियो । मृत्यु हुनेमा ४ कार्टुनिस्ट र २ प्रहरी पनि छन् । उनीहरुले १२ व्यक्तिको हत्या गरेको र अल्लाहु अकबर भन्ने नारा लगाएका थिए ।
कालास्निकोभ तथा रकेट प्रक्षेपकका साथ पेरिसको मध्य भागमा रहेको उक्त कार्यालयको भवनमा प्रवेश गरेको र सुरक्षाकर्मीसँग उनीहरूको गोली प्रहार भएको थियो । गोली प्रहार पनि उनीहरु कार लिएर फरार भएका थिए ।
Paris-attakersपत्रिकाले सन् २००६ मा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र पुनः छापेपछि त्यसको आलोचना भएको थियो । उक्त व्यङ्ग्यचित्र डेनमार्कका दैनिक पत्रिका जिलान्डस–पोस्टेनमा पहिलोपटक प्रकाशन भएको थियो । त्यसको मुसलमान विश्वबाट कडा आलोचना भएको थियो ।
सन् २०११ को नोभेम्बरमा चार्ली हेब्दोको नामबाट धर्मगुरु मोहम्मदको व्यङग्यचित्र प्रकाशन गरेपछि यस संस्थाका कार्यालयहरूमा अग्निबम प्रहार भएको थियो ।
जातीय विभेदविरुद्ध यस पत्रिकाका विषयमा अदालतमा मुद्दा दायर भए पनि यस साप्ताहिकले निरन्तर रूपमा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र प्रकाशन गरेको थियो । सन् २०१२ को सेप्टेम्बरमा यस पत्रकाले धर्मगुरु मोहम्मदको नाङ्गो व्यङ्ग्यचित्र प्रकाशन गरेको थियो । अमेरिकामा धर्मगुरु मोहम्मदको आलोचना गर्दै कम बजेटको ‘‘इन्नोसेन्स अफ मुस्लिम्स’’ नामक चलचित्र बनेपछि विभिन्न मुलुकमा हिंसात्मक प्रदर्र्शन भएका थिए ।
यसपछि विश्वका २० मुसलमान मुलुकमा फ्रान्सको राजदूतावासमा आक्रमण हुनसक्ने आशङ्कमा यस्ता कार्यलय बन्द गरिएका थिए । यस पत्रिकाका सम्पादक हाल प्रहरीको सुरक्षा रहेका छन् र उनीमाथि ज्यानको धम्की दिइएको छ ।