एनआरएन बेल्जियमद्वारा तीजपर्वको आयोजना

एनआरएन बेल्जियमले पहिलो पटक नेपाली नारीहरुको महान पर्वतीजको आयोजना गरेको छ|बेल्जियमको अन्त्वेर्पेंनमा यहि अगस्त २४ मा आयोजित उक्त पर्वको संयोजन भने एनआरएन बेल्जियम क्षेत्रीय समिति अन्त्वेर्पेंनले गर्दै छ|कार्यक्रममा तीजका बिबिध नाचगानका साथै महिलाहरुको लागी खानपिनको समेत व्यवस्था गरीएको छ|

तिज पर्वलाई भव्य रुपमा सम्पन्न गर्नको लागी शारादा अर्याल,बिमला मल्ल,राजन सिंखडा र राम पुनसम्मिलित टोलीले व्यवस्थापनको जिम्मा लिएको छ|एनआरएन बेल्जियमले बेल्जियम स्थित सम्पूर्ण महिलाहरुलाई एकै ठाउमा जम्मा भएर पर्व मनाउन आव्हान गरेको छ|सबै  नेपालीहरुका चाडपर्वलाई जीवन्त राख्न एनआरएन बेल्जियमले पहिलो पटक तीज पर्वको आयोजना गरेको उल्लेख गर्दै एनआरएन बेल्जियमका महासचिव माधव सापकोटाले ‘सबै सांस्कृतिक पर्वलाई एकता र आत्मियताका रुपमा लिनु पर्ने बताए’|तीज

तीज नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो| यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ|यस अवसरमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ| नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्|

यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ| भनिन्छ आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले  भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकी  थिईन् त्यो दिन हरितालिका तिजको दिन थियो | भने भगवान बिष्णु सग बिबाह गर्न नमानी शिवको आराधना गरी शिव प्राप्ति गरेको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो|

त्यसै दिन आजसम्म बिबाहित हिन्दु नारीहरूले पतिको दिर्घायु र शु-स्वास्थ्यको साथै अबिबाहित नारीहरुले असल पतिको लागी निराहार बत्र बसी मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।