एनआरएन बेल्जियमको साधारण सभा हुदै

गैर आवासिय नेपाली संघ बेल्जियमको पाचौ साधारण सभा बेल्जियमको लुभेनमा हुने भएको छ| लुभेन स्थित ओन्स हाउसमा यहि जुलाई २७ आईतवारका आयोजना गरीएको उक्त कार्यक्रम दिनको ठिक १ बजे हुने भएको छ|कार्यक्रममा परोपकारी कार्य र सुरक्षित आप्रवासको बिषयमा प्रमुख नारा बनाईएको छ |nrn poster

एनआरएन बेल्जियमले बेल्जियममा रहेका नेपालीहरुलाई आपतकालीन अवस्थामा सहयोग गर्ने उद्वेश्यले एनआरएन परोपकारी कोषको यस अघि नै निर्माण गरी सकेको छ|यसै गरी नेपाली भाषा बोलेकै आधारमा बेल्जियमबाट सुपुर्दगी गरीने गरेको भन्ने बिषयमा समेत छलफल चलाईने भएको छ|