एनआरएन दक्षिण अफ्रीकाको अध्यक्षमा डा.भट्टराई

गैर आवाशीय नेपाली संघ ( एनआरएनए ) राष्ट्रिय समन्वय समिति दक्षिण अफ्रीकाको अध्यक्षमा डा.पुष्पराज भट्टराई चयन भएका छन्|हालै सम्पन्न NRN South-Africa-राष्ट्रिय समन्वय समितिको साधारण सभाले नया कार्य समितिको गठन गरेको हो |नयाँ समितिमा बिमला रायमाझी उपाध्यक्ष,डा.गोपाल ज्ञवाली महासचिब, डा.कृष्ण गैरे सचिब, डा. दिनेश के.सी.कोषाध्यक्ष,सदस्यहरुमा श्यामकला पोखरेल,डा.अभय कार्की,डा.गुलाबकाजी श्रेष्ठ र षडानन्द पाण्डेका साथै कल्पना थापा महिला संयोजक रहेका  छन|

त्यसैगरी डा. खिमानन्द गैरे,डा.नारदमुनी पाण्डे,डा. हरिगोपाल वैध,डा. रामेश्वरनाथ गंगोल र अबतार गुरुङ समितिका सल्लाहाकार रहेका छन | डा. खिमानन्द गैरेको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभामा दक्षिण अफ्रीकाका लागि नेपाली राजदूत अरुण प्रसाद धिताल समेत उपस्थित थिए|