एनआरएन सँघका सल्लाहकार एमालेमा उमेदवार

काठमाडौंमा जारी नेकपा एमालेको नवौंं महाधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सल्लाहकार पुष्पराज तिमल्सिनाले बैकल्पिक केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । वैकल्पिक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेका एनआरएन तिमल्सिना एमाले संसदीय दलका नेता केपी शर्मा ओली पक्षधर मानिन्छन् । तिमल्सिना दुई महिनाअघि गैरआवासीय नेपाली संघको सल्लाहकारमा नियुक्त भएका थिए । उनलाई अध्यक्ष शेष घलेेले संघको सल्लाहकारमा नियुक्त गरेका हुन् ।
UML-general convention 9th
यता, एनआरएनए महासचिव कुमार पन्तले भने राजनीतिक गतिविधिमा सक्रिय जोसुकै एनआरएनलाई कारवाही हुने बताएका छन् ।