ई.यु. मुख्यालयमा जिहादी आक्रमणको योजनाबारे खुलासा

बेल्जियमको ब्रसेल्स स्थित युरोपियन कमिसनको कार्यालयमा जिहादी आक्रमणको योजना बनाएका दुई जना पक्राउ परेका छन| डच ब्रोडकाष्टर european-commissionएनओएसका अनुसार उनीहरु शंकाको आधारमा एक महिना पहिले पक्राउ परेका थिए|
बेल्जियमका सुरक्षा अधिकारीले अन्य जिहादीहरु पनि संलग्न हुन सक्ने भनी खोजी कार्य शुरु गरेको छ| बेल्जियन न्यायिक अधिकारीका अनुसार नेदरल्याण्डको हेगबाट पक्राउ परेका उनीहरु टर्कीस मूलका एक पुरुष र एक महिला रहेका छन्| उनिहरु दुवै सिरियामा ईस्लामिक समुहसंग मिलेर लडेका थिए र बेल्जियम यहाँ आक्रमण गर्ने योजना बनाएका थिए|

एक बेल्जियन वित्तीय दैनिकले यससम्बन्धी समाचार प्रकाशित गरेपछि अहिले बेल्जियममा यसबारे ठुलो चर्चा भइरहेको छ । समाचारअनुसार बेल्जियन सुरक्षाकर्मीले बेल्जियममा आक्रमण गर्ने योजना बिफल तुल्याईदिएका थिए| तर जनतामा त्रास र आतंक नहोस भनेर समाचार तुरून्तै सार्वजनिक गरिएको थिएन ।
ति आक्रमणका योजनाहरु जिहादीद्वारा बनाईएका थिए| जो सिरियामा युद्व लडेका र इस्लामिक समुह आईएसका समर्थक थिए| सिरियामा इस्लामिक राज्यका निम्ति युद्ध लडेका ती जिहादीहरू इस्लामिक समुहको त्यही सिद्धान्तबाट प्रभावित भइ बेल्जियम फर्केर आक्रमणको योजनामा थिए र तिनले हतियार समेत जम्मा गरिसकेका थिए ।

जिहादी आक्रमण विफल

प्रहरीले केहि महिना अघि नै ति समुहको बारेमा अनुसन्धान गरीरहेको थियो र त्यस्ता आक्रमणका संभावनालाई बिफल तुल्याईदिएको थियो| यस बर्षको शुरुमा बेल्जियमको ब्रसेल्सस्थित यहुदी संग्रहालयमा गरीएको आक्रमण जस्तै योजना रहेको अधिकारीहरुले बताएका छन| त्यस समय तिन जनाको घटनास्थलमा र चाैथो ब्यक्तीको उपचारको क्रममा मृत्यु भएको थियो| उक्त समय आक्रमणको कुनै जानकारी प्राप्त भएको थिएन | पछि आक्रमणकारीलाइ फ्रान्समा पक्राउ गरिएको थियो ।

गत समरमा एक आक्रमण बिफल

बेल्जियमको सरकारी टेलिभिजन भीआरटिका अनुसार गत ग्रिष्मको समय बेल्जियमको अन्त्वेर्पेंनबाट जिहादी समुहलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु आक्रमणको अन्तिम तयारीमा थिए| तर उनीहरुले कहाँ आक्रमण गर्ने योजना बनाएका हुन् वा उनीहरु सिरियाली जिहादीसंग कस्तो खालको सम्वन्ध थियो भन्ने बारे अनुसन्धान भइरहेको छ |

नब्बे बेल्जियन जिहादी सिरियाबाट फर्के

नब्बे जना बेल्जियन जिहादिहरु सिरियाबाट फर्कीसकेका छन । त्यसमा हरेक नौ मा एकले बेल्जियममा आक्रमणको योजनामा लागेको अनुसन्धानबाट पत्ता लागेको छ | अगस्टदेखि सिरियामा बेल्जियन वेव छोडिएको छ| त्यहाँ त्यतिखेर ३२५ बेल्जियन नागरिक (जो ज्यादा जसो विदेशी मूलका मुस्लिम हुन्) सिरियाली युद्वमा संलग्न भएको पाईएको थियो |यो संख्या अझ बढी हुन सक्ने अनुमान रहेको छ| फर्किएका ९० जनाको अनुसन्धान नै प्रहरी श्रोत र सुरक्षाको निम्ति संवेदनशील विषय बनेको छ भने अन्य जिहादी फर्केपछि थप चुनाैति थपिने विज्ञहरूले बताएका छन् ।
यस्ता जिहादीहरूको समस्या पश्चिम युरोपका अन्य देशहरूले पनि भोगीरहेका छन् । जर्मनीले केही जिहादीहरूलाइ जेल पठाइसकेको छ भने यु.के. पनि यो समस्याबाट पिरोलिएको छ ।
ब्रसेल्समा युरोपियन कमिसन र युनियनको हेडक्वाटर रहेको कारणले यो सहर आक्रमणको निशानामा रहको ठानिएको छ ।