आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

marriageभारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ ।

अशोक कुमार यादवको बिबाह २ वर्ष पहिले बेगूसरायकी गंगो देवीकी ठुली छोरीसँग भएको थियो । बिबाहपछि गंगो देवी आफ्नी छोरी र ज्वाइँसँगै एक होटेल मा काम गर्न थालिन् । तिनै जना एक कोठामा भाडामा बसे । त्यही क्रममा सासू र ज्वाइँबीच प्यार भएछ । दुइले बिबाह गरे । त्यसपछि आमाले आफ्नी ठुली छोरीलाइ घरबाट निकाली दिइ ।

यो कुरा गाउँले पंचायत मा पुग्यो र  दुइले छुट्टीन इन्कार गरे र सँगै मरने-बाँच्ने कुरा गर्न थाले । त्यसपछि पंचायतका भलादमीहरूले सामाजिक मान्यताको सम्मान गर्न  अलग हुनै पर्ने दबाव दिइरहे । जब तिनले मानेनन्, ती महिला की ठुलो छोरालाइ  बोलाउने र निर्णय लिने फैसला गरे । त्यो थाहा पाएपछि  महिला विष खाइन् । बेहोश भएकी महिलालाइ ग्रामीण प्राथमिक स्वास्थ्य केंद्र लगेको र उनको  स्थिति गंभीर रहेका कारण बिहारको राजधानी पटना लैजान भनिएको भारतिय समाचार माध्यमहरूले लेखेका छन् ।