अरबका नेपालीको बास्तविक कथा

दिल निसानी मगरअवतारी नेता दलाई लामादेखि अवस्था साह्रै कमजोर भएका दील नीशानी मगर सम्मले देश छाडेका छन। नुनको सोझो र सुनको सोझोमा अरब भासिएका म जस्ता लाखौ गोर्खेहरुको बेदना तिब्बतीयन शणनार्थीको एक हुलले प्लेकार्डमा देशको नक्साकोरेर घर फर्कन पाउने जुलुस निकालेको भन्दा कम पीडा छैन।  जिजीबिषाको अर्को नाम बाध्यता रकारण। जो साहुहरू तमसुक सिरानीमा हालेर सुतिरहेछन। ब्याज मिनाहा हुने आशमा आमाका पालकहरू आखामा निद बोकेर रात भर उठीरहेछन-कुनै बालुवाको तपोभूमिमा।

खुब देउता नमानु त भन्छु। तर पशुपतिनाथले बाहेक अरुले जोगाउन सक्ला जस्तो आग्दैन देशलाई पनि र मलाई पनि। देशको हैसियत शहरको कुनामा थापिएको सानो आलु दोकान जस्तो भएको छ। जो मैले घाटा खाइसके  र नोक्सानको जिम्मा देशको नाममा सुम्पिए।  मसँग ऋण चुक्ता गराउन मेरो देश खाता खोलेर बसेको छ।मानौ कि देश हाम्रा पुस्ताहरु जीवनको सापटीमागेका छन। धन्य ! पशुपतिनाथ !  तिमि छौ। तिमि कस्तो पशुपतिनाथ छौ भने नि-कसैलाई देश छाडेर नीस्की हाल्नु पर्ने बाध्यता गराउँछौ । कसैलाई देशमा बसीरहनु पर्ने आबश्यकता गराउछौ। खैर,  म तिम्रो चरणमा हमेसा हुन्छु। जब टाउकोमा आगो बलेर अनुहारमा बागमती बग्छ। म तिम्रो औधि पुजा गर्छु। यस्तै छ यो पसिनाको राजधानी।

राष्ट्रवादी युवा एकजुट हुनपर्छ भनौ भने पनि राजावादी भयो भन्छन्। बिद्रोह गरौ भन्यो भने जंगलीको आरोप लगाउछन। तर हाम्रा खजुरको बुटा मुनि मर्ने शन्त बहादुर थामीलाई जोगाउनेकोहि पनि छैन। हामी अरबको एउटा यस्तो बालुवाधानी पहाडमा छौ कि जुन पहाडको फेदीमुनी बसेर चराहरू पनि गुलेली खेलाउँछन। केहि दिनअघि यस्तै भयो- घाम र बालुवाको हप्कोले सुन्दर बान्तवाको मुखबाट खुन आउन थाल्यो उभिएको बेलामा चक्कर चलन थाल्यो । अन्तत; उनि खजुरको जरामा बेहोस भएर ढले बश ढलेनन्मात्र उँट चरणभूमिको उखरमाउलो दिनमा उनलाई चिसो पानी छम्किदिनेकोहि भएन। मोबाइलबाट घरमा आमालाई फोन गर्नेकोशिश गर्दा गर्दै उनको फोक्सोले खुद उनिलाई नै साथ् दिन छोड्यो। अन्तत; आमा पनि भन्न नपाई उनले संसारिक देह त्याग गरे। संभबतः  सुन्दर बान्तवाको अजम्बरी सुन्दर सपना अरब आए पछि सकियो।

खास अरबको पिडानै पहिलो मौसम हो हाम्रो लागि। अनि दोस्रो पैसा कहिले मौसमले ज्यान लिएर जान्छ। कैले पैसा आउने अफ्ठ्यारोबाटोले ज्यान सुकाइदिन्छ। हामी हिमालको तुसारो र बरफलाई शिरमा बोकेर हिड्ने नेपाली हावा पानीको अनुकुलता भएँन भने उक्साहट लाग्छ। टाउकोमा आगो बलेर धेरै मरेका छन यहाँ ।तर, नजलीकन। रातिकोठामा सुतेकोमान्छे बिहान नउठ्न पनि सक्छ। बिहान उठेकोमान्छे राति सुत्ने अबसर नपाउँ पनि सक्छ। यस्तै छ अरबको आगो। अरबको बालुवा जिउभरि सेफ्टीबेल्ट जडान गरेर आँखाको दृस्टी घुमाउने अग्लो महलमा झुन्डिरहेका नेपाली देख्दा म आफै झुन्डिएर मरु जस्तो लाग्छ। अनि सुसाइड नोटलेखौ जस्तो लाग्छ नेपाल सरकारको नाममा। नत्र के गर्ने हामी रूपैया नभएका उपियाँहरू जिउँदो शरीर बोकेर पनि आफैलाई लाशको नामाकरण गर्न परेको छ।

जसरी हवाईजहाजको टावरसँग सम्पर्क टुट्न गयो भने दुर्घटना हुन्छ त्यसै गरी नै अहीले म र म जस्ता लाखौ युवा दुर्घटनामा परेका छौ। हाम्रो उदृवार गर्न पशुपति्नाथले अझै सकेका छैनन। देशको अगुवा भनेको कुहिरोमा उड्ने बिमानका पाइलट हुन् पाइलटहरु अचेल आफ्नै बिमान अपहरण गरेर आफ्नै घरको छानामा खसालेका छन। तर, आजकल आफ्नै जीन्दगी तारा देवीको गीत जस्तो भएको छ।

यो बालुवाको  उत्ताउलो पहाडमा  कुखुराको चल्लाहरु पनिमान्छेकोकाखमाथि  गुँड बनाउन थाले। हामी केबल अस्थायी गुँड बनेका छौ। अरबकामालिकहरूको  जब की, नेपालको सडक पनि गुँडझै थियो हाम्रा लागि जुनमाटोमा चल्ला झै लाग्नेमान्छेका बच्चाहरु भोकै सुतीरहेका छन सडकमा।  त्यहीँ देश हो मेरो र त्यहीँ बच्चा हुँ म। मन धमिलो हुँदा केबल घर फर्कने आश जाग्छ तर यो अनौठो बालुवाको  पहाडमा घोडाहरू पनि घडी झै भाग्छन्। अनी घडीहरु भित्तामा घाँस चपाई रहेछन्।

म र म जस्ता हजारौमानिस अरबको आगोसँग शितलता खोज्नुमा पछिल्लो समयको राज नैतिक घटनाक्रम नै मुख्य हो। गोरूलाई जोताइसकेपछि घाँस खान दिएन भने उसले अर्को दिन जोत्न सक्दैन। उ थाक्छ । निराश हुन्छ।  उ भोकको खातिर तड्पिन्छ। नेपाली युवा गोरू त पटक्कै थिएनन। तरकालान्तरमा गोरु बनाउँदै लगिए। जसको  रातो  झण्डा बोकेर एउटा युवा बुढो बनेको थियो।

देशको लागि भनेर लडेका हर्कमान पुन मगर पनि साँफे बगरको  बजारमा खोलेको चमेना गृहबाट लगानीको ब्याज समेत उठाउन नसकेपछि अरब आइपुगे। हर्कमान दोस्रो दिन खजुरको रुखलाई हेरचाह गर्न मरुभुमिको टेण्ट घरमा पठाइए। अहिले उनको जीवनमा केबल बालुवा मिलेको छ। बलिदानीको साटो,माओवादीको नाममा वर्षौ लडेर उनी अचेल नुनको लागि लड्दै छन अरबमा। म जस्तै।

खासमा आफ्नैकारण र बाध्यता छन। म साहित्यलाईमाया गर्छु बिम्बलाई ख्याल गर्छु।
जीवनको प्रगति नहुनुमा खासमा म राजनीतिले आशक्त वा थील-थीलो भएकोमान्छे होइन। म उठिबास भएको राजनीतिले पनि होइन। राजनैतिककारणले गर्दा हो जो हजार युवा यसकोमारमा  छन तरमाओबादी पार्टीले जन-युद्धको घोषणा गरेदेखि र अहीलेको शान्ति प्रक्रियासम्म आईपुग्दा ममाओवादी पार्टीको सदस्य बाहेक अरु भइन। भएको भए एमाले वा राजाबादी हुन्थे होला। पार्टी भूमीगत रहँदा तथा नरहँदा म पार्टीको सम्पर्कमा रहेरकाम गरे मैले। मेरो कुरा गर्न चाहेको छैन यो आममान्छेको कुरा हो । म त केहि पनि होइन सबैथोक त पार्टी थियो। पार्टी सबैको थियो अहीले पार्टी कसैको पेवा भएको छ।

अहिले जिन्दगी दोभानमा उभिएको मृगजस्तै भएको छ किताबलेखेर बसु भने पनि जीवनको बायोडाटा गतिलो छैन। ठूला सम्पादकहरु आफन्त छैनन्। हाम्रो लाखौ क्याडर लाबारीश भएका छन म जस्तै। तिनको योगदानलाई बेहीसाब बनाइएको त छँदैछ । अहिले इमान्दारकार्यकर्ताको सम्पर्कमा हाम्रो मूल पार्टी छैन । मसँग त छदैछैन । हाम्रो मीत्रहरू अली धेरैनै क्रान्तिकारी भएका छन। मलाई यो पनि थाहा छ की क्रान्तिकारीमान्छेहरू सबैको सम्पर्कमा आउन चाहदैनन्।  किनकी ती महान हुन।

अचेल मलाई  नदीसँग पनि डर लाग्छ । किन की,माछाहरूसमेत माटोमाथि पौडन थालेl यस्तै छ यो पहाड। जहाँ अँगारले भित्ताकोरेर  मुखबाट पत्थर ओकल्नेहरू पारिजात बनेका छन्। मानौ ती, शिरीशकाकोमल फूल हुन । इमान्दार मान्छे तीनलाई चाँहीदैन वा सम्पर्कमा आउन चाहदैनन्।  त्यो अलग कुरा हो  आवाज नहुनेहरूका पार्टी लाटोलाई देखेर हाँस्न थाल्यो बहीरोलाई देखेर जीस्कान थाल्यो । कृपया हामी त अझै पनि उस्तै लाटा अनी बहीरा छौ मजबुरीका कारण बिदेश आएका कमरेडहरूलाई त पार्टीलेमान्छे नै भन्न छाड्यो । यहाँ हामीले दलाली काम गरेका छैनौ  यहाँ कुल्ली काम गरेका छौ।  के संसारका मजदुरहरू एक हौ भनेको होइन र ?  केकाम गरेर खाने मजदुर महान छैनन्।

खसीको चोक्टासँग केही पेग रम निल्दै भनेका छ-मैले शहीदको सपना पुरा गर्नछु। सबै ज्यानमाराहरू आफ्नो ज्यान जोगाउन काठमाडौमा भेला भएका छन। नाटक देखाएका छन।मानौ काठमाडौलाई यस्तै गद्दार सेवा गर्न हतार छ। होस भीडभाडमा ज्यान जोगाउन गार्हो छ काठमाडौ,भीड अली कम्ती गर ।

हाम्रा आफन्त भनेका प्रचण्ड थिए तर तिनी त नाटककार न रहेछन। हरेक दिन नाटक देखियो प्रचण्डले जनकपुर पुगेर सेतो कुर्ता रकाँधमा सेतै गम्छा राखे आब उनी रसुवा जानेछनरे बक्खु भिर्नेछन्, मुस्ताङ जानेछन् र दोचा लगाउनेछन्, लमजुङ पुग्नेछन् र भाङ्ग्रो पहिरिनेछन्।  उनले पहाडमा पुगेर दौरा सुरुवाल लगाउलान्  जोगी समुदायमा पुगेर शिरमा पहेँलो रङ्गको कपडाको फेटा र पटुकी, घाँटीमा १०८ वटा रुद्राक्ष दानाकोमाला पहिरिने छन्।  मगर समुदायमा पुगेर भोटो कछाडसागै निलो पटुकी र भाङ्ग्रा लगाउलान्।

खाँटी बाहुनहरुको क्षेत्रमा पुगेर निधारमा चन्दनको लेप र रुद्रघण्टीमा रातो  टिका दल्नेछन्  । क्षेत्रीहरु बाहुल्य क्षेत्रमा जाँदा जुँगा पालेर हातमा खड्ग या खुकुरी लिएर जानेछन्।  थारु क्षेत्र पुगेर मर्दानी लगाउनेछन्।  लाप्चे क्षेत्र पुगेर थ्याकतक र दुमप्यु, राणा ठकुरीको क्षेत्र पुगेर सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य तास, मुस्लिम बाहुल्य क्षेत्र पुगेर कुफी लगाउलान् । क्रमैसँग उनी आवश्यकताअनुसार छाती छोप्ने मेखलो, अँधेरी, लवेदा सुरुवाल, शिरमा फेटा, या तगुवा नेपाली टोपी फेदै जान्छन्।  कतै पुगेर कछाड कस्लान्, कतै पुगेर इस्टकोट भिर्लान् यो बर्को ओड्लान्वा पटुका बाँध्लान्।

अहीले हाम्रो पार्टी सार्है नै कमजोर भयो  पार्टी कमजोर हुनुको पछाडि विचार बलीयो नहुनु हो नेतासँग योजनाका झीनो सम्झना बाहेक अरु बाँकी छैन । तिन्ले तत्काल केही गर्न सकेनन् दीर्घकालीन भन्ने कुरा कसैले देखेको हुदैन। दीर्घकालीन भनेको दुई दीन पछि पनि हो दुई सय वर्षपछि पनि हो।

माओवादी शान्ति प्रकृयामा सहभागी भएदेखि किन किन मैले आफूलाई अशान्ति भइरहेको महशुश गरीरहेको थीए। कीनभने जनतासँग हाम्रो जनसेनालाई बिच्छेद गरेर अस्थायी क्याम्पमा कैद गरेर राखीयो एउटा सैदान्तीक भनाइ यहाँ उल्लेख गरुँ आफ्नै सेना नभएको कम्युनिस्ट पार्टी हुँदैन। अहीले हामीसँग हाम्रो सेना पनि छैन हाम्रो पार्टी पनि छैन केवल हामीलेसँग सपना भएर हुँदैन। यहाँलाई त अवगत नै छ होला हजार सपनाहरूको मायाँ लागेर आँउछ।

अचेल हाम्रो हिमाल पनि हास्दैंन मानौ कि हिमाल पनि आगो बोकेर उसको बेश क्याम्पमा मान्छेको पासो थापेर केबल चिर सुतेको छ। अर्ब यसरी उठेको छ मानौ मान्छेको शिरमा आगो फुक्न पाए उ सगरमाथाको शिरमा पाइतला टेके झैँ उफ्रिन्छ। जीवन पनि कस्तो आगो-आगो अनि पानी-पानी आँखाको नानी उक्किएर सेती नदीको छाल आशु नदी बनेर बगला जस्तो लाग्छ मेरो  देशले कवी कलाकार र मास्टर बेचेर चोर गुण्डा र बाँदर किनेको छ।

-दिल निसानी मगर                                                                                                                                                                                                              हाल- यु.य.ई. आबुधाबी