अमेरिकी टिपीएस सुविधाको एनआरएन अमेरिकाद्वारा स्वागत

मंगलबार सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठकले अमेरिकी सरकारको नेपालमा गएको प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई जुन २४, २०१५ देखि लागु हुने टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गर्ने निर्णयको स्वागत गरेको छ।

NRN USAबैठकले टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) हताक्षर अभियान देखि निरन्तर क्रियाशील कानुन ब्यबसायी डिल्लीराज भट्टलाई धन्यवाद ज्ञापन गर्दै महत्वपूर्ण भूमिका निर्बाह गर्नु हुने अगुवा नेपाली अमेरिकनहरुलाई समेत आभार प्रकट गरेको छ ।

बैठक लगत्तै एक बिज्ञप्ति जारी गरी संघका अध्यक्ष डा.केशब पौडेलले टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) पाउनु आफैंमा सुखद खबर भएको बताउदै यसको कार्वान्यन सहज बनाउन संघले आफ्ना सबै च्याप्टर मार्फत स्वयंसेवी अभियान सुरु गर्ने जानकारी दिएका छन्।

संघले सुरु देखिनै कागज पत्र बिहिन नेपाली अमेरिकनको हितमा रहेको टिपीएसको पक्षमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका निर्बाह गरेको बताउदै संघले सहज र सरल तरिकाले यो कार्य सम्पन्न गर्न उपाध्यक्ष बन्दना कोइराला र सहसचिव संगीता सिवाकोटी रहेको समिति मार्फत कार्य सुरु गरेको जानकारी समेत दिएको छ।

मंगलबार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकार चयन प्रक्रिया सुरु गरिएको र प्राज्ञ, बिज्ञ र अगुवा नेपाली अमेरिकनको नाम सिफारिस गर्न कार्यसमिति र सम्पूर्ण नेपाली अमेरिकनलाई आग्रह गरेको छ ।

त्यतै संघले च्याप्टरको निति तथा कार्यक्रम आगामी तीन दिन भित्रमा आवस्यक परिमार्जन सहित प्रकाशित गर्नुपर्ने र सो को लागि वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललाई सम्पुर्ण पदाधिकारिहरुसंग सल्लाह गरी अनुमोदन गराउन जिम्मेवारी प्रदान गरेको मिडिया कोर्डिनेटर सर्बज्ञ वाग्लेले जारि गरेको विज्ञप्तीमा जनाईएको छ।