एनआरएन युरोकप हुदै

भोलि अर्थात २७ जुन एनआरएन युरोकप प्रतियोगिता हुदैछ।एनआरएन स्विजरल्याण्डको आयोजनामा स्विजरल्याण्डमाnrn euro cup सम्पन्न हुन् लागेको प्रतियोगितामा बेल्जियमबाट सर्वाधिक पाच, जर्मनीबाट दुई, स्पेन, ईटली, फिनल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, लक्जम्बर्ग, डेनमार्क, नर्बे र स्विजरल्याण्डबाट १र१ गरि ११ देशका १६ टिमले भाग लिदै छन। खेल जुन २८ मा सम्पन्न हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद दुई हजार एक सय, एक हजार तिन सय र सात सय स्विस फ्रैंक सहित सम्मान पत्र प्रदान गरिने भएको छ। खेल अवधिभरको लागी खेलाडीहरुको खाना तथा आवासको व्यवस्था आयोजकले गरेका छन।
प्रतियोगितामा एनआरएन पूर्व अध्यक्ष जीवा लामिछानेका साथै बर्तमान उपाध्यक्ष भुवन भट्ट सहभागी हुने आयोजकले जनाएका छ। भवन भट्ट भने बेल्जियममा रहेको आफ्नो होटल उद्वघाटनको शिलशिलामा युरोप आईसकेका छन।