अमेरिकी कङ्ग्रेसमा रिपब्लिकनको नियन्त्रण र राष्ट्रपति ओबामालाई धक्का

अमेरिकामा मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको दुबै सदनमा नियन्त्रण कायम गरी विजय हासिल गरेको छ भने राष्ट्रपति बाराक ओबामा तथा उहाँका सहयोगी डेमाक्र्याटका लागि यो मार्मिक चोट बनेको छ र उहाँले राष्ट्रपति पदको पछिल्लो दुई वर्ष विभाजित सरकारसँग सहअस्तित्वमा बिताउनु पर्नेछ ।

Obamaरिपब्लिकनले हाउस अफ रिप्रेजेन्टेटिभ्समा कम्तीमा १२ स्थानले आफ्नो नियन्त्रण कायम गरेका छन् । मङ्गलबार भएको मध्यावधि निर्वाचनमा उनीहरूले सिनेट पनि आफ्नो नियन्त्रणमा लिएका छन् ।

डेमोक्र्याट पार्टी आफैभित्र असफल भएपछि रिपब्लिकनहरू कङ्ग्रेसको एजेन्डामा प्रभाव पार्ने अवस्थामा पुगेका छन् । उनीहरूले अर्थतन्त्रमा आफ्नो प्राथमिकतालाई अब ध्यान दिने स्पष्ट देखिएको छ ।

उनीहले अब क्यानडाबाट मेक्सिकोको खाडीसम्म किस्टोन एक्सएलको तेल पाइपलाइन लैजाने, प्राकृतिक ग्यासको उत्पदान बृद्धि गर्ने, साना व्यापारलाई सहयोग गर्ने तथा सरकारको नियमनलाई कटौती गर्ने कानुन अगाडि बढाउने भएका छन् ।

हाल राष्ट्रपति ओबामाको प्रशासनको अलोकप्रिय नीतिका कारण रिपब्लिकन पार्टीले लहर फैलाएको छ र उनीहरूले सन् २००६ पछि पहिलोपटक कङ्ग्रेसमा पूर्ण नियन्त्रण पाएका छन् ।

नयाँ संसदले जनवरी महिनामा काम आरम्भ गर्नेछ ।

रिपब्लिकनले तल्लो सभामा कम्तीमा १२ स्थानको बहुमत प्राप्त गर्ने भएका छन् र दोस्रो विश्वयुद्धपछि उनीहरूका लागि यो सबैभन्दा बढी स्थानको विजय हुनेछ । उनीहरूले १०० स्थानको सिनेटमा पनि कम्तीमा ५२ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ ।

रिपब्लिकनका लागि कन्टकीमा विजय प्राप्त गर्नुहुने मिच म्याकोनेलले ठूलो सरकारको अनुभव निकै लामो समयसम्म रहेको बताउँदै अब नयाँ दिशातर्फ जानुपर्ने बताउनुभयो ।