अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

अमेरिकाको म्यारिल्यान्ण्ड राज्यको वेल्सभिलस्थित नेपाली मन्दिरमा भगवान् गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ। मूर्तिलाई विनोद चौधरीकी श्रीमती सारिका चौधरी र  अमेरिकाका लागि महामहिम नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले संयुक्त रुपमा  लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति अनावरण गरेका हुन्।

समारोहमा विनोद चौधरी, उनकी श्रीमती सारिका चौधरी, नेपाल सरकारका अवैतनिक महा–बाणिज्यदूत प्रेमराजा महत, एनइसीसीका संस्थापक डा।हरि शर्मा,  लामागुरु पेमा लामा, बौद्ध धर्म संघका बुद्धरत्न महर्जन, डा।महेन्द्र कार्की, डा।विष्णु पौडेल, मेदिनी अधिकारी, खगेन्द्र अधिकारी, कृष्ण निरौला लगायतले आ आफ्नो मन्तब्य राखेका थिए।

यस्तै उक्त समारोह संस्थाका अध्यक्ष खिलेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।  बौद्ध धर्म गुरुहरुबाट पुजा अर्चना प्राण प्रतिष्ठा गरेर ऊदघाटन गरिएको ८ फिट अग्लो बौध्द स्तुपामा नेपालको शाक्यमुनी बुद्ध धर्मावलम्बीसंग सम्बन्धित संस्थाहरूका कार्यकर्ताहरूको सकृय सहयोगमा लुम्बिनी बगैंचा निर्माण गरिएको छ।