अनुपमध्वज र आरजु मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया

अष्ट्रेलियामा आयोजित मिस्टर एण्ड मिस नेपाल प्रतियोगितामा मेलबर्नका अनुपमध्वज किरण र सिड्नीकी आरजु कार्की क्रमशः मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया छानिएका छन्| युनाइटेड आर्ट एण्ड इन्टरटेन्मेन्टको आयोजना सिड्नीको हष्र्टभिलमा शनिवार सम्पन्न उक्त प्रतियोगितामा २२ जना प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै उनीहरुले उपाधि जितेका हुन्|

त्यसैगरी फस्ट रनर अप क्रमश बबिन लिम्बु र जुनिता लामा, सेकेण्ड रनर अप अशिष श्रेष्ठ र सुदीप्ती श्रेष्ठ बनेका छन् | प्रतियोगिताका अन्य उपाधी मिस्टर एण्ड मिस टेलेण्टमा अभिशेक अधिकारी र रमिला खडका, मिस्टर एण्ड मिस साईवरमा अशिष श्रेष्ठ र प्रियंका भट्टराई, मिस्टर एण्ड मिस युएनएईमा नरेन मिश्र र रजनी पन्त,वेष्ट कस्ट्युममा अनिश जोशी र जुनिता लामाले जितेका थिए |

विभिन्न चरणमा सम्पन्न उक्त प्रतियोगितामा अष्टे्रेलियाभरी रहेका युवायुवतीहरुले सहभागिता रहेको थियो | एनआरएनका अध्यक्ष शेष घलेले बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए |प्रतियोगीतामा विजेताहरुलाई १ हजार डलर नगद, ट्रफी र अन्य पुरस्कारहरु प्रदान गरीएको थियो| प्रतियोगिताका फस्ट रनर अपलाइ पनि ५ सय नगद, ट्रफीका साथै अन्य पुरस्कारहरु वितरण गरीएको थियो|

प्रतियोगितामा डा. अशोक श्रेष्ठ, रिना कुक,टुनु घोताने, निक नेवोर र ज्याक्लिन डाओले निर्णायकको भुमिका निर्वाह गरेका थिए |कार्यक्रममा विभिन्न नेपाली नृत्यहरु समेत प्रस्तुत गरीएको थियो| कार्यक्रमममा नेपाली फेसन डिजाईनर समा वानुको कोरियोग्राफीमा नेपाली ढाकाबाट बनेका कपडा सहितको फेसन शो समेत देखाइएको थियो ।