नेपाल डिभिजन १ मा उक्लन सकेन

नेपाल डिभिजन २ मै रहने, नेदरल्याण्ड र नामिबिया डिभिजन १ मा

नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ को आफ्नो अन्तिम खेलमा केन्यासँग पराजित भएपछि डिभिजन १ मा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । आज भएको अन्तिम खेलमा केन्यासँग ५ विकेटले पराजित भएपछि नेपालको डिभिजन १ मा पुग्ने सपना सपनामै सिमित रहेको हो । नेपाली बलरले यसअघिका खेलमा देखाएको लय कायम गर्न नसक्दा केन्यासँग पराजित भएको हो ।

nepal-cricketकेन्यासँगको पराजयले नेपाल डिभिजन २ मा नै रहन पुगेको छ भने केन्याले आफूलाई रेलिगेशनबाट जोगाएको छ ।

जितका लागि १ सय ९५ रनको विजय लक्ष्य पछ्याएको केन्याले ३५ ओभर खेल्दै ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि इरफान करिमले सर्वाधिक रन जोड्ने क्रममा अविजित ७५ रन जोडेका थिए । यस्तै, राकेप पटेलले ५६ रन र एलेक्स ओबान्डाले ४५ रन जोडेका थिए । यता नेपालको लागी करण केसी, बसन्त रेग्मी र सागर पुनले समान १-१ विकेट हात पारेका थिए ।

नेपालले निर्धारित ५० ओभरमा खेलमा १ बल बाँकी रहँदा आफ्ना सबै विकेट गुमाउँदै १ सय ९४ रन जोड्न सफल भएको थियो । नेपालका लागि टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रन जोड्ने क्रममा अविजित ९१ रन जोडेका थिए । ज्ञानेन्द्रले लिष्ट ए क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटरको आफ्नै रेकर्ड तोडेका छन् । यसअघि उनले ८६ रन जोडेर यो रेकर्ड बनाएका थिए । यस्तै, कप्तान पारस खड्काले २० रन, शरद भेष्वाकरले १८ रन, बिनोद भण्डारीले १६ रन, सागर पुनले १२ रन बनाएका थिए ।

केन्याका लागि ईलिजाह ओटिएनोले ३ विकेट लिएका छन् भने लुकास ओलुओचले २ विकेट लिएका थिए । यस्तै, नेहमिया ओडियाम्बो, नेल्सन ओडियाम्बो र जेम्स न्गोचेले समान १-१ विकेट लिएका थिए ।

point tableनेपाल नेदरल्याण्डसँग नेट रनरेटका आधारमा पछी परेको हो । दुवैको ५ खेलमा ३ जितपछि ६ अंक छ तर नेट रनरेटका आधारका नेदरल्याण्ड अगाडि छ । नामिबियाले ४ खेलबाट ८ अंक जोडेपछि नेपालले डिभिजन २ मा रहने निश्चित भएको छ ।

नेपालले भोली तेेस्रो स्थानका लागि पुनः केन्याको सामना गर्ने भएको छ ।

क्यानडा र युगाण्डा डिभिजन ३ मा झरेका छन् ।

  • Post category:खेल