प्रवासी मंच बेल्जियमको समर्थन सरु चापागाईलाई

प्रवासी मंच बेल्जियमले एनआरएन बेल्जियमको आगामी कार्यकालको लागी सरु चापागाईको नेतृत्वलाई समर्थन गर्ने saru chapagaiभएको छ । बेल्जियममा रहेका विभिन्न सामाजिक संग संगठनका साथै विभिन्न व्यक्तित्वहरु संग छलफल गरी सर्वसम्मत रुपमा आगामी नेतृत्वको चयन नभएको खण्डमा सरु चापागाईलाई समर्थन गर्ने निर्णय गरेको हो। मंचले आफ्नो पक्षबाट सर्वसम्मत नेतृत्वको लागी पहल गर्ने जनाएको छ।

त्यसै गरी जन सम्पर्क समिति बेल्जियमले पनि सर्वसम्मत नेतृत्वको लागी पहल गर्ने र सहमति नभएको अवस्थामा गंगाधर गौतमलाई सहयोग र समर्थन गर्ने जनाएको छ। मंच नेकपा एमाले र समिति नेपाली काग्रेसका बिदेशमा रहेका संगठन हुन्।