नेपाली कांग्रेस वैधानिक संकटमा

नेपाली कांग्रेसले पार्टीलाई परेको संकट फकाउन प्रमुख दलहरुको सहयोग मागेको छ । संविधानमा रहेको दलीय व्यवस्था संसोधन गर्न कांग्रेसले सहयोग मागेको हो । अन्तरिम संविधान संशोधनका लागि सहमति जुटाउन प्रमुख दलहरुको बैठक बोलाइएको छ । आज सहमति नभए असोज २ देखि ५ गतेको पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने छ। गर्न नसके पार्टीको अस्तित्व नै संकटमा पर्नेछ ।

nepali_congress-leadersअन्तरिम संविधान संशोधन भयो भने ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नयाँ मिति तय हुने जनाइएको छ। महाधिवेशनबारे निर्णय गर्न कांग्रेसले भोलि मंगलबार केन्द्रीय समिति बैठक राखेको छ। अन्तरिम संविधान संशोधनका लागि सदनमा दुई तिहाइ बहुमत चाहिन्छ।
संविधानतः प्रत्येक ५ वर्षभित्र राजनीतिक दलहरूले महाधिवेशन गरिसक्नुपर्ने भए पनि नयाँ संविधानको मस्यौदामा विशेष कारण भए ६ महिना थप गर्न सकिने व्यवस्था गरिएको छ।

मंगलबारका लागि डाकिएकाले सोही दिन अन्तरिम संविधान संशोधन गर्नुपर्ने कांग्रेसलाई बाध्यता रहेको छ।

आज अन्तरिम संविधान संशोधनको प्रस्ताव तयार पार्ने र प्रमुख दलहरूबीच समझदारी भयो भने भोलि बस्ने संसद बैठकले संविधान संशोधन पारित गरेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए । भदौ १७ गतेदेखि कांग्रेसको तल्लो तहको अधिवेशन गर्ने मिति तय भएकाले १७ गते अगाडि नै संविधान संशोधन गर्नु जरुरी रहेको छ।