फिफामा नयाँ विवादः नेपालीहरू दास झैं काममा
कतारमा फिफा कपको स्टेडियम निर्माणका निम्ति दास झैं काम गरिरहेका नेपालीहरूको अवस्थाप्रति विश्व जगतको ध्यान खिंचिएको छ ।
इन्टरनेशनल ट्रेड यूनियन कन्फेडरेशन (ITUC) का महासचिव शरन बुलोको आरोप छ- “कतार एक दासत्व भएको राज्य हो । विश्व कपको पूर्वाधार निर्माणका क्रममा मर्नेको सँख्या टूर्नामेन्टका जम्मा खेलाडि (७३६) भन्दा ज्यादा हुने संभावना छ ।”
महासचिव शरन बुलोका अनुसार ज्यादातर नेपाल र फिलीपीन्सबाट आएका कामदारहरू शर्मनाक सुविधा र ज्यालामा काम गरिरहेका छन् । यी कामदारहरूले घण्टाको ७८ युरो सेन्ट (करिब ८६ रूपैयाँ ) पाउँछन् । पश्चिमी संसारमा यो ज्याला लज्जाजनक हो । स्मरणिय छ, कतारको प्रति व्यक्ति आय विश्व कै उच्चतम छ ।
“यी कामदारहरू सानो कोठामा बस्छन् जहाँ ५० डिग्री तापक्रम सम्ममा निस्सासिएको हुन्छ । यी श्रमिकहरू कैदी जसरी रहेका छन् । तिनको पासपोर्ट प्रायशः तिनका मालिकहरूको कब्जामा हुन्छ र कामदारलाई तिनको इच्छामा फिर्ता गर्दैनन् (more…)