मानव तस्करको जालो

human traffickingकोही १५–१६ वर्षका किशोरी, कोही पहिलो पटक शहर आए झै देखिने सामान्य लवाइखवाइका महिला अनि कोही कठ्यांग्रिने जाडोमा कुर्कुच्चा पटपटी फुटे पनि चप्पल मात्र लगाएका पुरुष । कोही दुबई, कोही कतार त कोही मलेशिया हिंडेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सोधखोज गर्दा सबैबाट ‘घुम्न जान लागेको’ भन्ने एउटै जवाफ आयो । उनीहरूसँग बढीमा दुई महीनासम्मको ‘भिजिट भिसा’ लागेको राहदानी, दुईतर्फी प्लेन टिकट, केही जोर लत्ताकपडा र ५०० अमेरिकी डलर थियो ।विमानस्थल प्रहरीका अधिकारीहरूले सोधखोज कडा बनाउँदा वास्तविकता खुल्यो– उनीहरू ‘भिजिट भिसा’मा विदेश ‘घुम्न हिंडेका’ नभई अन्तर्राष्ट्रिय मानव तस्करीको जालोमा परेका निर्धा नेपाली कामदार थिए, जसलाई राज्यको आँखा छल्न ‘पर्यटक’ बनाइएको थियो ।

त्यसपछि कडाइ थालेको प्रहरीले तस्करहरूले दैनिक १०० देखि १५० जनासम्म नेपालीलाई मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाटै लैजाने गरेको र यो क्रम करीब चार वर्षदेखि चलिरहेको डरलाग्दो तथ्य फेला पायो । यो हिसाबले वार्षिक कम्तीमा डेढदेखि दुईलाख नेपालीलाई यसरी विदेश पुर्याइएको देखिन्छ । (more…)

Comments Off on मानव तस्करको जालो