इपरमा ब्रिटीश गुर्खा सैनिकको स्मारक

MeninGate Ypresप्रथम विश्वयुद्धमा वीरगति प्राप्त गोर्खालीहरुको स्मारक बेल्जियमको इपरमा बनाउने विषयले केही समयअघि बेल्जियम तातिएको थियो । स्मारक बनाउने कुरामा एन. आर. एन. र तमु समाजबीच तँछाड मछाड भयो र राजदूतावासको भूमिका विवादास्पद बन्यो । भुङ्ग्रोमा पारिएको  स्मारक निर्माणको चर्चा अहिले सेलाएको छ ।

दुइ सँस्थाको होडवाजीमा अहंको प्रतिस्पर्धा हुँदा तमु समाजको अध्यक्ष पदमबहादुर गुरुङ्गको नेतृत्वमा एक इपर निर्माण कमिटी गठन गरिएको समाचार सार्वजनिक भयो । उता एन. आर. एन. अध्यक्ष जानकी गुरुङ्गको नेतृत्वमा अर्को समिती बन्यो ।  इपर स्मारक निर्माणमा निर्णयात्मक भूमिकामा रहेको नेपाल दुतावासले एन. आर. एन. लाई समर्थन गर्यो । जसले गर्दा एन. आर. एन. को पल्ला भारी भयो । तर अहिले काम र कुरो दुबै सेलाएको छ । (more…)

Comments Off on इपरमा ब्रिटीश गुर्खा सैनिकको स्मारक