सात जर्मन खेलाडीलाई रूघा

फ्रान्ससँग क्वाटर-फाइनल खेल्ने २४ घण्टाअघि सात जर्मन खेलाडीलाई रूघा लागेको बताइएको छ । कोच जोकिम लोले ती खेलाडीलाई घाँटीमा सुख्खापन भएको बताए तर खेलाडीको नाम सार्वजनिक गर्न चाहेनन् । लामो यात्रा, गर्मी, फरक-फरक सहरमा खेल र मुसलधारे पानीले रूघाको लक्षण देखिएको कोच लोले बताएका छन् । त्यसैले, फ्रान्ससँग को-को खेलाडी भिड्नेछन् भन्ने बारेमा ढीलो गरी निर्णय लिइने बताइएको छ ।

Comments Off on सात जर्मन खेलाडीलाई रूघा