त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

B L Sharmaनेपालमा त्यतिबेला मिठाई व्यवसाय थिएन । भारतको राजस्थानबाट आएर मेरा बाजेले नेपालमा हलुवाई भित्र्याएका हुन् । बाजेका पालादेखि नै हामीले श्री ३ सरकार र श्री ५ सरकारलाई हलुवाई गर्दै आएका हौँ । राजा, श्री ३ महाराज र त्यसबेला देखिका सबै प्रधानमन्त्रीलाई हलुवा ख्वाउने र उनीहरूको बिहे व्रतबन्धको भोज मैले नै उतार्दै आएको छु ।

जुद्धशमशेर, पद्यशमशेर, मोहन शमशेर, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका छोराछोरीका बिहे भोज हामीले नै उतारेको हो । राजा र राणा दुवैको हलुवाई मैले नै गरेकाले सात सालमा राजा त्रिभुवन भारतमा शरण लिन गएको घटनालाई मैले नजिकबाट नियाल्न पाएको छु । कतिपय घटनामा त म आफैं संलग्न भएको छु । (more…)

Comments Off on त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव