बिहेकै रात म हिँडेँ – प्रदीप ज्ञवालीको अनुभव

Pradeep-Gyawali-with wifeमेरो बाल्यकाल साधारण किसिमले बित्यो । उस्तो अभाव थिएन, उति धेरै सुविधा पनि थिएनन् । परिवारको कान्छो छोरो । सबैको मायाले मेरा लागि रमाइलो वातावरण निर्माण गरेको थियो । सानोमा म अन्य साथीभन्दा भिन्न स्वभावको थिएँ रे । पढ्नमा लगनशील थिएँ । १३ वर्षकै उमेरमा एसएलसी पास गरेँ । १ देखि ५ सम्म जम्प गर्दै क्लास उक्लिएकाले यति छिटो भएको हो । पढाइमै बढी केन्द्रित भएकाले बाल्यकालमा केटीसाथी बनाउनेतिर ध्यानै गएन । त्यसो त हाम्रो समाज र परिवेश त्यति एड्भान्स पनि कहाँ भइसकेको थियो र ? सोचाइ नै जाँदैनथ्यो, आवश्यकता पनि परेन । अहिलेका केटाकेटीको जस्तो बाल्यकालदेखि नै केटीसाथी बनाउने हाम्रो पालामा हुँदैनथ्यो । भएका केटासाथी पनि जति थिए, ती बनाइएका होइनन् । परिवेश र माहोलअनुसार आफसेआफ बनेका हुन् । (more…)

Comments Off on बिहेकै रात म हिँडेँ – प्रदीप ज्ञवालीको अनुभव