एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने

nrna builds housesगैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ ।
सङ्घद्वारा आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर बनाइदिने घोषणा गरे ।

त्यसका लागि करिब ३६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उनले उल्लेख गरे ।
कुन स्थानमा कसरी घर निर्माण गर्ने भन्नेबारे अध्ययन गर्न समितिसमेत बनाइसकेको सङ्घले जनाएको छ ।