२० करोडको लागतमा बन्ने एनआरएनको भवन शिलान्यास

foundation-laying-ceremony-2विश्वका विभिन्न ७० मुलुकमा छरिएका एनआरएनएको सहयोगमा राजधानीको बालुवाटारमा तीन रोपनी जग्गामा रु २० करोडको लागतमा अत्याधुनिक कार्यालय निर्माण शुरू भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को काठमाडौँमा निर्माण हुन लागेको कार्यालय भवनको सोमबार प्रधानमन्त्री शुशील कोइरालाले शिलान्यास गर्नुभयो ।

संघको भवन शिलान्यास कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायतको सहभागिता रहेको थियो । भवन शिलान्यासका लागि विभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु नेपाल आएका छन् । संघले केन्द्रीय कार्यालय बनाउन १३ करोड रुपैयाँको लागतमा जग्गा खरिद गरेको थियो ।
foundation-laying-ceremony-NRN buliding